• होमपेज
  • समाचार
  • हिजो कांग्रेस प्रवेश गरेका राठौरले आज पाए टिकट

हिजो कांग्रेस प्रवेश गरेका राठौरले आज पाए टिकट

  • बुधबार, कार्तिक १५, २०७४
हिजो कांग्रेस प्रवेश गरेका राठौरले आज पाए टिकट

काठमाडौं,कार्तिक १५ –

नेकपा एमाले परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका पूर्वसांसद मोहनसिँह राठौरले प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएका छन् । कांग्रेस स्रोतका अनुसार एक दिन अघिमात्रै कांग्रेस प्रवेश गरेका उनलाई कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न टिकट दिएको हो । दोस्रो संविधान सभा निर्वाचनमा कैलाली–२ बाटै एमालेका तर्फबाट विजयी राठौरले राज्य मन्त्री र संसदको सुशासन तथा अनुगमन समितिको सभापति पद सम्हालेका थिए ।
पूर्व सांसद राठौर र एमालेले कैलालीबाटै समानुपातिक तर्फ सभासद् बनाएका रविना चौधरीले मंगलबार मात्रै बालुवाटारमा अयोजित एक कार्यक्रममा कांग्रेसको सदस्यता लिएका थिए ।

यसैबीच कांग्रेस संसदीय समिति बैठकले कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट रामजनम चौधरी, क्षेत्र नम्बर ४ बाट सुनिल भण्डारीलाई प्रतिनिधि सभामा उमेदवार बनाउने निर्णय गरेको छ । कैलाली क्षेत्र नम्बर १ मा उमेदवार टुंगो लाग्न बाँकी छ भने क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा नेतृ आरजु राणा देउवा चुनाव लड्ने भएकी छन् । कांग्रेसले कैलालीमा प्रदेश सभाका उमेदवारहरुको भने अहिलेसम्म टुंगो लगाउन सकेको छैन ।

Facebook Comments

सम्बन्धित समाचार