• होमपेज
  • समाचार
  • कांग्रेसले ‘डन’ गणेश लामालाई बनायो प्रदेशसभा उम्मेदवार

कांग्रेसले ‘डन’ गणेश लामालाई बनायो प्रदेशसभा उम्मेदवार

  • बुधबार, कार्तिक १५, २०७४
कांग्रेसले ‘डन’ गणेश लामालाई बनायो प्रदेशसभा उम्मेदवार

काठमाडौं,कार्तिक १५ –

गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएका छन् ।

कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ को खको टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसागै लामा पनि कांग्रेसमा आएका हुन्् ।

लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।

जिल्लाबाटै सिफारिस भएर आएकाले लामाको नाममा सर्वसम्मति भएको कांग्रेस नेता रमेश रिजालले बताए ।

यसअघि एमालेले अर्का गुण्डा नाइके दिपक मनाङ्गेलाई समर्थन गरेको छ । एमालेले टिकट नदिएपछि मनाङ्गेले मनाङ खमा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिएका थिए । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनलाई समर्थन गरेको छ ।

कांग्रेसले वामपन्थी गठबन्धनसाग भिड्न काभ्रे १ मा प्रतिनिधिसभा सदस्यका लागि तीर्थ लामालाई अघि सारेको छ काभ्रे २ मा जिल्ला सभापति मधु आचार्य उम्मेदवार बनेका छन् ।

प्रदेशसभामा क्षेत्र नम्बर १ को कमा सीबी लामा र खमा गणेश लामा तथा क्षेत्र नम्बर २ को क मा सुन्दरमणी आचार्य र ख मा कन्चनवादे श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

वामपन्थी गठबन्धनको भने उम्मेदवार तय भइसकेका छै्न ।

Facebook Comments

सम्बन्धित समाचार