• होमपेज
  • समाचार
  • माओवादीद्धारा उपत्यकाको ४ सिटमा उमेदवारीको टुंगो

माओवादीद्धारा उपत्यकाको ४ सिटमा उमेदवारीको टुंगो

  • बुधबार, कार्तिक १५, २०७४
माओवादीद्धारा  उपत्यकाको ४ सिटमा उमेदवारीको टुंगो

काठमाडौं,कार्तिक १५

माओवादी केन्द्रले उपत्यकाको ४ सिटमा उमेदवारीको टुंगो लगाएको छ । बाँडफाँटमा माओवादी केन्द्रको भागमा परेको काठमाडौँ–६, ८ र १० त्यस्तै ललितपुर–३ को प्रतिनिधिसभामा उमेदवारी टुंगो लगाएको हो ।

पार्टीका काठमाडौँ इन्चार्ज लेखनाथ न्यौपानेका अनुसार काठमाडौँ–६ मा झक्कु सुवेदी, ८ मा उमेश स्थापित र १० हितमान शाक्य उमेदवार तोकिएका छन् ।

त्यस्तै ललितपुर–३ मा भने प्रवक्ता पम्फा भुषाल चुनाव लड्नेछिन् । भुषाल ०६४ सालको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित सांसद हुन् ।काठमाडौं ६ बाट उमेदवार बन्न लागेका सुवेदीले ०६४ को निर्वाचनमा एमालेको तत्कालीन पार्टी प्रमुख माधव नेपाललाई हराएका थिए भने शाक्य काठमाडौँ–६ बाट निर्वाचित भएका थिए ।

यसअघि काठमाडौं १० मा नेता रामबहादुर थापा बादललाई अघि सार्ने तयारी गरे पनि निर्णय भने शाक्यको पक्षमा भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार