• होमपेज
  • समाचार
  • चितवनमा भोलीदेखि ‘चौथो अन्तराष्ट्रिय क्यान्सर सम्मेलन’ हुँदै

चितवनमा भोलीदेखि ‘चौथो अन्तराष्ट्रिय क्यान्सर सम्मेलन’ हुँदै

  • बुधबार, कार्तिक १५, २०७४
चितवनमा भोलीदेखि ‘चौथो अन्तराष्ट्रिय क्यान्सर सम्मेलन’ हुँदै

चितवन, कार्तिक १५-

चितवनमा पहिलो पटक ‘चौथो अन्तराष्ट्रिय क्यान्सर सम्मेलन’ हुने भएको छ । भोली (विहीबार)देखि कार्तिक १८ गतेसम्म भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सम्मेलन हुन लागेको हो ।

सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा हुन लागेको सम्मेलनको औपचारिक समुद्घाटन भने कार्तिक १७ गते नायिका मनिषा कोइरालाले गर्ने आयोजक समितिका सचिव डा.उमेश नेपालले जानकारी दिए । क्यान्सरसंग लडेर नयाँ जीवन पाएकोले नायिका कोइरालालाई प्रमुख अतिथि बनाइएको आयोजकले जनाएको छ । उद्घाटन सत्र नारायणगढमा हुनेछ ।

आज भरतपुरमा पत्रकार सम्मेलन गरि आयोजक समितिले विशेषज्ञसहित ३ सय जनाको सहभागिता रहने जनाएको छ । सम्मेलनमा अमेरिका, टर्की, क्यानाडा, सिंगापुर, भारत, चीन, श्रीलंका, बंगलादेशका २० जना विशेषज्ञले अनुसन्धान्तामक खोजपत्रहरु प्रस्तुत गर्ने सचिव डा.नेपालले जानकारी दिए ।

यस सम्मेलनमा क्यान्सर क्षेत्रमा कार्यरत विशेषज्ञहरुको अनुभव, अध्ययन, अनुसन्धान साटासाट गरिनेछ । यसले नेपालमा कार्यरत क्यान्सर क्षेत्रका चिकित्सकहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने आयोजक समितिका अध्यक्ष डा.भोला रौनियारले जानकारी दिए ।

नेपालमा हाल क्यान्सर क्षेत्रमा एक सय जनाको हाराहारीमा चिकित्सकहरु कार्यरत रहेका छन् । नेपालमा न्यून चिकित्सकले उपचार गर्नुपर्ने भएकाले यस सम्मेलन महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)