• होमपेज
  • समाचार
  • ६ नम्बर प्रदेशमा एमालेले उमेदवार टुंग्यायो

६ नम्बर प्रदेशमा एमालेले उमेदवार टुंग्यायो

  • बुधबार, कार्तिक १५, २०७४
६ नम्बर  प्रदेशमा एमालेले उमेदवार टुंग्यायो

काठमाडौं,कार्तिक १५ –

नेकपा एमालेले ६ नम्बर प्रदेशमा उमेदवारी टुंग्याएको छ । पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार मंगलबार राति अबेरसम्म बसेको बैठकले उमेदवारी तय गरेको हो ।

बाँकी प्रदेशमा आज (बुधबार) बस्ने पार्टी स्थायी कमिटीको बैठकले टुंगो लगाउने उनले जानकारी दिए । ६ नम्बर प्रदेशका दश जिल्लामध्ये ७ मा पहिलो चरण मंसिर १० मा र बाँकी ३ जिल्लामा दोस्रो चरण मंसिर २१ मा निर्वाचन हुनेछ ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लामध्ये सल्यानको प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको छ भने दुई वटा प्रदेशसभातर्फ (क)मा गुलाफजंग शाह (ख) मा प्रकाश ज्वालाले टिकट पाएका छन् । एमाले पोलिटव्युरो सदस्य रहेका ज्वाला मुख्यमन्त्रीका प्रवल दावेदार हुन् ।

त्यस्तै सुर्खेत– १ बाट प्रतिनिधिसभातर्फ ध्रुव शाहीले टिकट पाएका छन् भने प्रदेशसभाको ९क० माओवादी केन्द्रको भागमा परेको छ । (ख) बाट भने खडक खत्री उमेदवार बनेका छन् ।
त्यस्तै सुर्खेत–२ बाट यमलाल कँडेल प्रतिनिधिसभाको उमेदवार बन्ने भएका छन् भने प्रदेशसभाका दुवै सिट माओवादीको भागमा परेको छ ।

दुई क्षेत्र रहेको दैलेखको प्रतिनिधिसभातर्फका दुवै सिट एमालेको भागमा परेको छ । १ बाट रवीन्द्र शर्मा र २ बाट राजबहादुर बूढा उमेदवार बन्नेछन् । प्रदेश १ को (क) माओवादीको भागमा परेको छ भने ९ख०मा अमर थापाले टिकट पाएका छन् । २ को प्रदेशसभातर्फका दुवै सिट एमालेको भागमा परेको छ । जसअन्तर्गत ९क०मा सुशील थापा र ९ख०मा राजबहादुर शाही उमेदवार बन्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार