• होमपेज
  • समाचार
  • मलामी चढेको ट्रयाक्टर पल्टिँदा सर्लाहीमा एकको मृत्यु

मलामी चढेको ट्रयाक्टर पल्टिँदा सर्लाहीमा एकको मृत्यु

  • बुधबार, कार्तिक १५, २०७४
मलामी चढेको ट्रयाक्टर पल्टिँदा सर्लाहीमा एकको मृत्यु

सर्लाही, कार्तिक १५ –

मलामी चढेको ट्रयाक्टर पल्टिँदा सर्लाहीमा एकजनाको ज्यान गएको छ । बुधबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।
महोत्तरीको बर्दिवासबाट शवसहित मलामी रहेको ज १ त ७४७० नम्बरको ट्रयाक्टर रोकिराखेको ना ४ ख ३५४९ नम्बरको ट्रकसँग ठोक्किँदा काठमाडौं काँडाघारीका ७० वर्षका कृष्णप्रसाद पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार