मोहम्मद ईजहार शेष,
परासी, कार्तिक ३–
अहिले तिहार, तराई मधेसमा उज्यालोको पर्व दिपावली भनेर मनाईदै छ । तर आधुनिकता भन्दै दिपावलीमा विद्युत्तिय बत्ती र मैनबती प्रयोग गरि कसले आफ्नो घर धेरै भिलिमिली पार्न सक्यो भन्दै केही वर्ष यताबाट अस्वस्थ प्रतिस्पर्धा सुरु भएपछि खासगरि ग्रामीण क्षेत्रका विपन्न समुदायले खल्लो महशुस गरेका छन् । यता दिपावलीमा प्रयोग गरिने माटोका पाला बनाउने कुम्हाल जातीको पेशा पनि विद्युतीय झिलिमिलीले धारासायी बन्दै गएपछि उनिहरुले चिन्ता ब्यक्त गरेका छन् ।
तराई मधेसमा बसोबास गर्ने कोहांर (कुम्हाल) जात विभिन्न प्रकारका भाँडाकुँडा बनाउने पेशामा संलग्न भएका कुम्हाल जातीहरुको पेशा विस्तारै धारासायी बन्दै गएपछि उनिहरुले चिन्ता ब्यक्त गरेका छन् । दिपावलीमा घर उज्यालो बनाउन कुम्हालले बनाएको पाला प्रयोग नगरि पछिल्लो समय विद्युत्तीय झिलिमिलीमा सर्वसाधरणको आकर्षण भएपछि कुम्हाल जातीलाई जीवन निर्वाह गर्न गाह्रो भएको भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका हुन् । मधेसमा कुम्हालको सबैभन्दा बढि ब्यापार भनेकै दिपावलीको बेला हुन्छ ।
५० वर्ष भन्दा अघिबाट माटोका विभिन्न भाडाकुडा तथा पाला बनाउदै आएका पाल्हीनन्दन गाउँपालिका वडा नं.२ हरपुरका पूर्णवाशी कोहांरले आफुहरुको पेशा दिनप्रति दिन खस्किदै गएको दुखेसो पोख्नु भयो । विगतका दिनहरुमा उहाँको ब्यवसाय वर्षभरि राम्रो तरिकाले चलेपनि अहिले दंशै र तिहारको बेला समेत वर्षेनी ब्यवसाय घट्दै गएको उहाँले तितो अुनभव सुनाउनु भयो । यस्तै विगतका वर्षहरुमा दशैं र दिपावलीकै बेला माटोका पाला र अन्य भाँडा बेचेर १० क्वीन्टलभन्दा बढि धान साट्ने गर्नुभएको सरावल गाउँपालिका वडा नं.६ का अयोध्या कोहांरको ब्यवसाय यतिबेला २/३ क्वीन्टल धानको ब्यपारमा सिमित भएको छ । विद्युतीय झिलिमिली र मैनबत्तिको आकर्षणले आफुहरुको ब्यपार घटदै गएपछि जिवन निर्वाह गर्न गाह्रो भएको अयोध्या कोहांरले बताउनु भयो ।
पहिला अधिकांस घरायसी प्रयोजनका लागिसमेत माटोको भाँडाहरु प्रयोग गर्ने गरिएपनि अहिले फलाम, शिल्वर लगायतका भाँडाहरुको प्रयोग बढेको छ । बिशेष गरेर पुजन् कार्यमा प्रयोग गरिने माटाका विभिन्न भाँडाकुँडाहरुमा कलात्मक तरिकाले विभिन्न धार्मिक तस्बीर र चिन्हहरु कुंदिएका हुन्छन् । घरमा पुजाको लागि प्रयोग गरिने विभिन्न देवता र जनावरका मुर्तिहरु समेत माटोवाट बनाईने गरिन्छ । तर पछिल्लो समय सर्वसाधरणहरु पुजन् कार्यमा पनि, फलाम, सिमेन्ट जस्ता बस्तुवाट बनाईएका जग, मुर्ती जस्ता सामागी्रहरु प्रयोग गरेपछि उनिहरुको पेशासँगै धार्मिक कलामा समेत आँच पुगेको छ ।