• होमपेज
  • Uncategorized
  • चितवनमा प्रचण्ड जिताउँ अभियान सुरु, कार्तिक ७ गते वृहत आमसभा हुने

चितवनमा प्रचण्ड जिताउँ अभियान सुरु, कार्तिक ७ गते वृहत आमसभा हुने

  • शुक्रबार, कार्तिक ३, २०७४
चितवनमा प्रचण्ड जिताउँ अभियान सुरु, कार्तिक ७ गते वृहत आमसभा हुने

चितवन, कार्तिक ३–

नेकपा (माओवादी केन्द्र) चितवनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिताउनका लागि चुनावी अभियान सुरु गरेको छ । जस अन्तरगत यही कार्तिक ७ गते भरतपुरमा वृहत आमसभाको आयोजना गरिएको छ ।

माओवादी केन्द्रले भरतपुरको केन्द्रीय बस टर्मीनलमा बिशाल चुनाबी आमसभाको आयोजना गरेको पोलिटब्यूरो सदस्य तथा निर्वाचन क्षेत्र नं.२ का संयोजक नारायणप्रसाद दाहालले जानकारी दिए । “हमी पुरै शक्ति परिचालन गरी तिहार लगत्तै चुनाबाी कार्यक्रममा केन्द्रीत हुन्छौ, त्यसका लागी आवश्यक तयारी गरि सकेका छौं”–संयोजक दाहालले भने । चितवन क्षेत्र नं.२ बाट गठबन्धनको उम्मेद्वार भने टुंगो लागि सकेको छैन् ।

भरतपुरमा हुने वृहत आमसभालाई अध्यक्ष तथा गठबन्धनबाट चितवन क्षेत्र नम्बर ३ का उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचन्ड’, प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले संबोधन गर्ने कार्यक्रम रहेको क्षेत्र नम्बर १ का इन्चार्ज इश्वरी भट्टराइले जानकारी दिए । उनका अनुसार विभिन्न उपसमितिहरू बनाएर अहिले आमसभाको भव्य तयारी थालिएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड केही महिना अघि भरतपुरबाटै चितवनमा प्रतिनिधिसभा निर्वाचनमा लड्ने घोषणा गरेका थिए ।

निर्वाचन परिचालन समिति गठन

नेकपा (माओवादी केन्द्र) चितवनले आफ्ना उम्मेद्वारहरुलाई जिताउन चुनावी अभियान व्यापक बनाएको छ । जसका लागि माओवादीले निर्वाचन परिचालन समिति समेत गठन गरि सकेको छ । निर्वाचन परिचालन समितिको संयोजकमा भने पार्टीका केन्द्रीय नेता अमिक शेरचन रहेका छन्

प्रतिनिधि सभाका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नं. १ मा ईश्वरी भट्टराई, २ मा नारायण दाहाल र ३ मा सूर्य सुवेदी ‘पथिक’ को संयोजकत्वमा निर्वाचन परिचालन उपसमिति गठन गरिएको छ ।

। पार्टी अध्यक्ष नै उठ्ने भएपछि उनको जित निश्चित गर्न माओवादी केन्द्रले अरुभन्दा अगाडि नै चुनावी तयारीलाई तिव्रता दिएको नेताहरुको भनाइ छ । निर्वाचनको तयारी स्वरूप यूवा, विद्यार्थी, महिलासाथै अन्य जनबर्गीय संगठनहरूको भेला तथा बैठकहरू भैरहेको निर्वाचन क्षेत्र नं. ३ का संयोजक सूर्य सुबेदी ‘पथिक’ले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार