• होमपेज
  • समाचार
  • चितवन युवा समूहको अध्यक्षमा पुनः अधिकारी

चितवन युवा समूहको अध्यक्षमा पुनः अधिकारी

  • बिहिबार, कार्तिक २, २०७४
चितवन युवा समूहको अध्यक्षमा पुनः अधिकारी

चितवन, कार्तिक २–

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलनले मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।

बुधबारदेखि चितवनमा शुरु भएको सम्मेलनले वरिष्ठ उपाध्यक्षमा बुद्धिराज अर्याल, द्वितीय उपाध्यक्षमा मनोज अर्याल र महिला उपाध्यक्षमा कविता ढकाललाई चयन गरेको छ ।

यस्तै, महासचिव रामबाबु थापा, सचिव गणेश ढकाल, कोषाध्यक्ष सीता ढकाल, प्रवास संयोजक समीर केसी, प्रवास महिला संयोजक शान्ता ज्ञवाली तथा क्षेत्रीय संयोजकतर्फ गल्फ संयोजक श्याम थापा, मध्यपूर्व संयोजक गौरी सुवेदी तथा एशिया प्यासफिक संयोजक मुक्तिराम खरेल चयन हुनुभएको छ ।

बुधबारदेखि शुरु भएको सम्मेलनको वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्नुभएको थियो । हाल कतार, इजरायल, यूएई, दक्षिण कोरिया, जापान, कुबेत, साइप्रस, बहराइन, डेनमार्क र आयरल्याण्डमा रहेका चितवनका नागरिक सो संस्थामा आबद्ध छन् । विदेशमा बस्ने चितवनका नागरिकलाई एकीकृत गरी आर्जन गरेको श्रम, सीप र पूँजीलाई नेपालको विकासमा प्रयोग गर्न समिति सक्रिय हुने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार