• होमपेज
  • Uncategorized
  • चितवनमा सामूहिक गाई तथा गोवद्र्धन पूजा (फोटोसहित)

चितवनमा सामूहिक गाई तथा गोवद्र्धन पूजा (फोटोसहित)

  • बिहिबार, कार्तिक २, २०७४
चितवनमा सामूहिक गाई तथा गोवद्र्धन पूजा (फोटोसहित)

चितवन, कार्तिक २–

चितवनमा गाई तथा गोवद्र्धन पूजा गरिएको छ । देवघाट क्षेत्र विकास समिति अन्तर्गत पर्ने बागेश्वरीमा विशेष पूजाआजा गरिएको हो ।

सो स्थानमा संरक्षण गरिएका गाईको प्रत्येक वर्ष लक्ष्मीपूजाको दिन पूजाआजा गर्नुका साथै विभिन्न स्थानबाट त्यहाँ पुगेका भक्तजनहरुले गाईलाई विशेष परिकार खुवाउदै आएका छन् । यसवर्ष पनि सयौंको संख्यामा भक्तहरु वागेश्वरी पुगी पूजा गरेका छन् । सो स्थानमा विभिन्न ठाउँमा भेटिएका गाईहरुलाई ल्याई संरक्षण गर्ने गरिएको छ । यहाँ हाल २ सय गाई छन् । बागेश्वरी परिसरमै निर्माण गरिएको विशाल गोवद्र्धन पर्वतको पनि आजै सामूहिक पुजन गरिएको छ ।

देवघाट क्षेत्र विकास समिति र गौसंरक्षण केन्द्रको आयोजनामा भएको सो कार्यक्रममा समाजसेवी मैयादेवी श्रेष्ठ, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दल, समाजसेवीहरुको समेत बाक्लो उपस्थिती रहेको छ । केन्द्रका अध्यक्ष टंकनाथ पौडेलले यसपटक ६ फिट अग्लो गोवद्र्धन पर्वत निर्माण गरी लक्ष्मीपूजा र गोवद्र्धन पूजाको महत्वलाई अझ उचो भएको सन्देश दिएको बताए ।

तस्विरः सुजन पण्डित

Facebook Comments

सम्बन्धित समाचार