• होमपेज
  • समाचार
  • दाङमा बाढी र डुबानको क्षति चार अर्ब ३४ करोड

दाङमा बाढी र डुबानको क्षति चार अर्ब ३४ करोड

  • बिहिबार, कार्तिक २, २०७४
दाङमा बाढी र डुबानको क्षति चार अर्ब ३४ करोड

दाङ, कार्तिक २–

दाङमा साउन अन्तिम साता आएको बाढी र डुबानले चार अर्ब ३४ करोड रुपैयाँ बढीको क्षति पुर्‍याएको तथ्यांक संकलन भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले १३ वटा विषयगत कार्यालयबाट मागेको विवरणअनुसार चार अर्ब ३४ करोड १२ लाख ८० हजार ८४५ रुपैयाँ ६४ पैसाको क्षति भएको जनाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु चार करोड ७० लाख २६ हजार ९८२, जिल्ला वन कार्यालयले रु १८ लाख ५० हजार, जिल्ला भू–संरक्षण कार्यालयले रु ३१ करोड ३८ लाखको क्षति भएको विवरण समितिमा बुझाएको छ ।

त्यसैगरी, जिल्ला शिक्षा कार्यालयले रु एक करोड ६५ लाख १६ हजार ६७६, प्रगन्न बड्कापथ सिँचाइ डिभिजनले रु ३२ करोड ५७ लाख ५० हजार, जिल्ला प्राविधिक कार्यालयले रु तीन करोड ७७ लाख र जिल्ला समन्वय समितिले रु दुई अर्ब १५ करोड ५५ लाखको भौतिक क्षति भएको उल्लेख गरेका छन् ।

यसैगरी, जनताको तटबन्धले रु २५ करोड ८० लाख, सिँचाइ डिभिजन कार्यालयले रु आठ करोड ७६ लाख, डिभिजन सडक कार्यालयले रु ४३ करोड ४० लाख, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयले रु ४६ करोड १६ लाख ९९ हजार, कृषि विकास कार्यालयले रु नौ करोड ७७ लाख २१ हजार र जिल्ला पशुसेवा कार्यालयले रु ४१ लाख १६ हजार गरी कुल चार अर्ब ३४ करोड १२ लाख ८० हजार रुपैयाँको क्षति भएको छ ।

बाढी र डुबानका कारण सातजनाको मृत्यु, ३५९ घर पूर्णरुपमा क्षति र २८२ घर आंशिकरुपमा भत्किएको समितिले जानकारी दिएको छ । मृत्यु भएका, घर भत्किएका र प्रभावित प्रतिपरिवारलाई गरी रु ६५ लाख ६७ हजार ८०० राहत प्रदान गरिएको छ ।

बाढी प्रभावितका लागि व्यक्ति एवं संस्थागत गरी रु तीन लाख १३ हजार ३३२ नगद संकलन भएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । –रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा