• होमपेज
  • समाचार
  • उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले

उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले

  • बिहिबार, कार्तिक २, २०७४
उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले

उदयपुर, कार्तिक २–

विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका रोगी रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका अनुसार विगत पाँच वर्षदेखि प्रभावकारी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने क्रम गरिँदै आएको भए पनि अझै पनि दुई प्रतिशत जनतामा यो रोग रहेको हो ।

जिल्लाका केही स्थानमा हात्तीपाइले रोगका अझै बिरामी भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरले आगामी मंसिरको पहिलो हप्तादेखि जिल्लाका मुख्य नगरपालिका कटारी, बेल्टार तथा त्रियुगा क्षेत्रमा पुनः हात्तीपाइले रोग सम्बन्धि नमूना परीक्षणसमेत गरिन लागेको कुरा जिल्ला जनस्वास्थ्य अधिकृत सागर प्रसाईं बताउनुहुन्छ ।

सम्बन्धित क्षेत्रमा नमूना परीक्षण गरेर कुन क्षेत्रमा कति प्रभावित रहेका छन् सोहीअनुसार नमुना परीक्षणअनुसारनै पुनः एक वर्ष थप हात्तीपाइले रोगको औषधि वितरण कार्यक्रमलाई अझ बढाइन लागेको पनि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत दुनियाँलाल यादवले बताउनुभयो ।

हात्तीपाइले रोगको औषधि वितरण र खुवाउने कार्यक्रम उदयपुरमा अन्त्य भए पनि अझै हात्तीपाइले रोगका बिरामी भेटिएका कारण यसपटक नमूना परीक्षण गरेर सम्बन्धित क्षेत्रमा पुनः औषधि वितरण गरेर खुवाइ निर्मूल गर्ने नीतिका साथ नमूना परीक्षण अभियानसमेत शुरु गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ ।

झण्डै दुई लाख ९८ हजार जनतामा हात्तीपाइले रोगविरुद्ध वर्षेनी औषधि खुवाउने कार्य हुँदै आएको पनि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने