• होमपेज
  • Uncategorized
  • सिएमसी मेयर कपको उपाधि ‘भरतपुर १०’ लाई

सिएमसी मेयर कपको उपाधि ‘भरतपुर १०’ लाई

  • मङ्लबार, अशोज ३१, २०७४
सिएमसी मेयर कपको उपाधि ‘भरतपुर १०’ लाई

चितवन, असोज ३१–

पहिलो सिएमसी मेयर कप–२०७४ अन्तर वडा क्रिकेट प्रतियोगिताको उपाधि भरतपुर महानगरपालिका वडा नम्बर १० को ‘बी’ टिमले जितेको छ । भरतपुर–१० स्थित वीरेन्द्र क्याम्पसको नौ विघा खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर २५ लाई ६ विकेटले पराजित गर्दै १० ‘बी’ ले उपाधि जितेको हो ।

उपाधिसँगै १० ‘बी’ले ट्रफी र ५० हजार नगद पुरस्कार पाएको छ भने उपविजेता वडा नम्बर २५ ले ट्रफी र २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । विजेता र उपविजेतालाई भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहले पुरस्कार प्रदान गरे ।

टस जिते पहिले व्याटिङ गरेको भरतपुर २५ ले निर्धारित २० ओभरको खेलमा १९.३ ओभर खेल्दा ९३ रनमात्र बनाएर अलआउट भयो । जवाफमा भरतपुर १० बीले १३.१ ओभर मात्रै खेलेर जम्मा ४ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । विजेता टिमका लागि क्याप्टेन राजन श्रेष्ठले १९ रन र ३ विकेटसहित अलराउण्ड प्रदर्शन गरे । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका राजन म्यान अफ दी सिरिज घोषित भए । त्यस्तै एकै खेलमा १ सय ३७ रन हानेका भरतपुर–४ का राजिव विक बेस्ट ब्याट्सम्यान बने । त्यस्तै भरतपुर १० बीका सागर लामा बेस्ट बलर घोषित भए । राजन, राजिव र सागर तीनै जनाले ट्रफीका साथ समान २ हजार पुरस्कार पाए ।

गत असोज १ गते सुरु भएको प्रतियोगिता करिब १ महिनापछि सोमबार सकिएको हो । भरतपुर क्रिकेट क्लबको आयोजनामा गरिएको प्रतियोगितामा चितवन मेडिकल कलेज (सिएमसी) ले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगितामा १९ वटा टिम सहभागी थिए ।

समापन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि भरतपुरका मेयर रेणु दाहालले खेलकुद विकासका लागि भरतपुर महानगरपालिका गम्भीर रहेको बताइन् । युवा सक्रियतामा सघाउने खेलकुदका लागि जस्तोसुकै सहयोग गर्नपनि आफू तयार रहेको उनले बताइन् । उपमेयर पार्वती शाहले पनि प्रतियोगिताले युवालाई व्यस्त बनाएर चौतर्फी विकासमा लगाउन खेलले सहयोग गर्ने बताइन् । चितवन मेडिकल कलेजका सहायक प्राध्यापक ममता शर्मा न्यौपानेले सिएमसी जहिल्यैपनि खेलकुद विकासका लागि लगानी गर्न इच्छुक रहेको बताइन् ।

भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले प्रतियोगिता गर्न निकै दुःख हुने गरेको बताए । लामो समयपछि स्थानीय तह निर्वाचन भएको खुसियालीमा मेयरलाई जोडेर प्रतियोगिता गर्दा पनि धेरैखाले समस्या आइपरेको स्मरण गर्दै उनले प्रतियोगिता भव्य भएकोमा गर्व गरे । क्लबका सल्लाहकार मित्रनिधि तिवारीले आगामी दिनमा भरतपुर महानगरसँगै सबै क्षेत्रले खेलकुद क्षेत्रमा सहयोग गरेको हेर्न चाहेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)