• होमपेज
  • समाचार
  • जिल्ला अदालत काभ्रेका नासुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

जिल्ला अदालत काभ्रेका नासुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • सोमवार, अशोज ३०, २०७४
जिल्ला अदालत काभ्रेका नासुविरुद्ध  विशेष अदालतमा मुद्दा दायर

काठमाडौं,असोज ३० –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत नायब सुब्बा राजेन्द्र खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा खत्रीले अंगभंग मुद्दाको थुनछेकका क्रममा सेवाग्राहीलाई त्रासमा पारी काम मिलाइदिने प्रयोजनाका लागि एक लाख २५ हजार रूपैयाँ घूस माग्दामाग्दै केही दिन पहिले कार्यथलोमा नै पक्राउ परेका थिए ।

आयोगको टोलीले नायब सुब्बा खत्रीलाई घूस रकमसहित पक्राउ गरेको थियो । आयोगले बिगोसमेत असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले आन्तरिक राजश्व विभाग जनकपुरमा कार्यरत कम्प्युटर अपरेटर रामकिशोर महत्तोलाई रु ३२ हजार घूस लिँदालिँदै नापी कार्यालयबाट पक्राउ गरेको छ ।

कानूनबमोजिम दर्ता भएको पसल बन्द गरी पाऊँ भनी सेवाग्राहीले दिएको निवेदन कार्यान्वयन गर्ने बहानामा कम्प्युटर अधिकृत महत्तोले घूस मागेको आयोगले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा