• होमपेज
  • समाचार
  • उदयपुरमा साथीको खुकुरी प्रहारबाट एक जना घाइते

उदयपुरमा साथीको खुकुरी प्रहारबाट एक जना घाइते

  • सोमवार, अशोज ३०, २०७४
उदयपुरमा साथीको खुकुरी प्रहारबाट एक जना घाइते

उदयपुर, असोज ३० –

उदयपुरको बेलका नगरपालिका–८ स्थित माझीटोलमा साथीको खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । आइतबार बेलुका साथी साथी बिचमा विवाद हुँदा २४ वर्षका जीवन माझीले हानेको खुकुरीबाट ४५ वर्षका तिलक माझी घाइते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिएको छ ।

इप्रका रामपुरका प्रमुख प्रहरी निरीक्षक सुवास राईका अनुसार जीवनले सामान्य विवादको क्रममा खुकुरी प्रहार गरेका थिए । खुकुरीले लागि तिलकको बाँया घाँटिमा गम्भीर चोट लागेको छ । ‘घाईतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । प्रहरी निरीक्षक राईले भन्नुभयो, ‘खुकुरी प्रहार गर्ने माझी फरार रहेकोले खोजी कार्य भइरहेको छ ।’

Facebook Comments

सम्बन्धित समाचार