• होमपेज
  • समाचार
  • दैलेखमा ज्याला नदिएको भन्दै यसरी गरियो दम्पतीको हत्या

दैलेखमा ज्याला नदिएको भन्दै यसरी गरियो दम्पतीको हत्या

  • सोमवार, अशोज ३०, २०७४
दैलेखमा ज्याला नदिएको भन्दै यसरी गरियो दम्पतीको हत्या

दैलेख,असोज ३०–

ज्याला नपाएको भन्दै दैलेखमा एक युवकले दम्पतीको हत्या गरेका छन् । भगवतीमाई गाउँपालिका –७ बडाभैरव लामातडाका २१ वर्षीय खेमराज भन्ने मोहन खड्काले छिमेकी ४० वर्षीय जयबहादुर सिंह र उनकी श्रीमती ३९ वर्षिय कमलाको आईतबार राति हत्या गरेका हुन् । गएको हिउँदमा लगाएको कामको ज्याला दिन्छु भन्दै पटक(पटक झुक्याएपछि आक्रोषित खेमराजले दम्पत्तीको हत्या गरेको बताएका छन् ।

प्रहरीलार्इ उनले दम्पती मिलेर आफुमाथि आक्रमण गर्न थालेको र हँसिया खोसेर प्रतिकार गर्दा ज्यान गएको बयान दिएका छन् ।

झगडा छुट्टयाउन गएका जयबहादुरका १५ वर्षिया छोरा दीपक सिंह गम्भिर घाइते भएको छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार