• होमपेज
  • समाचार
  • नवलपरासीमा प्रहरी प्रमुखले नै जनतालाई कुटे

नवलपरासीमा प्रहरी प्रमुखले नै जनतालाई कुटे

  • आइतवार, अशोज २९, २०७४
नवलपरासीमा प्रहरी प्रमुखले नै जनतालाई कुटे

ज्ञानु पंगेनी

नवलपरासी,असोज २९ –

ईलाका प्रहरी कार्यालय दुम्कीवासका प्रमुख प्रहरी निरिक्षक मोहनमान श्रेष्ठले मादक पदार्थ सेवन गरि सर्वसाधारणलाई कुटपिट गरेका छन ।
जनताको रक्षा गर्नेले नै यसरी कुटपिट गरेपछि त्यहाका सर्वसाधारणले अमफुहरु असुरक्षित महशुश भएको बताएका छन भने आक्रोशित समेत बनेका छन ।
श्रेष्ठले गस्तीमा मदिरा सेवन गरेर जनता कुटेपछि शनिबार राति २ घण्टा ईलाका प्रहरी कार्यालय दुम्किबासमा स्थानियले नाराबाजि गरेका थिए । प्रहरी स्रोतका अनुसार राति करिब ९ बजेको समयमा प्रहरी निरिक्षक श्रेष्ठले शनिबार दिउसो देखिनै मदिरा सेवन गरी सर्बसाधरणलाई धम्काउने गरेको र कुट्ने गरेको खुलेको छ । प्रहरी निरिक्षक श्रेष्ठले ९ जना सर्वसाधारणलाई कुटेको र कुटाईबाट २ जना ब्यक्त्ति घाईते भएको स्थानिय सम्भु श्रेष्ठले बताएका छन् । स्थानीयले आईतवार र दिउसो पनि प्रहरी कार्यालय र गाउपालिकाको कार्यालय घेराउ गरि श्रेष्ठलाई कारवाहिको माग गरेका छन ।

स्थानियले प्रहरी कार्यालय घेराउ गरेपछि ईलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपि नबिनराज राईको कमाण्डमा गएको टोलिले स्थानियको भिडलाई नियन्त्रणमा राखेको थियो । राईले तत्काल नै प्रहरी निरिक्षक मोहनमान श्रेष्ठलाई नियन्त्रणमा लिएर मेडिकल गरेको जानकारी दिए । मेडिकलमा प्रहरी निरिक्षक श्रेष्ठले मदिरा सेवा गरेको भेटिएको डिएसपि राईले बताए । उनलाई कारवाहि थालिएको डिए पी राईले बताएका छन । ईलाका प्रहरी कार्यालय नवलपुरमा ल्याएर सोधपुछ पछि उनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा लगिएको छ । जिल्ला प्रहरी प्रमुख मुकुन्दराज आर्चायले घटनाका वारेमा अनुसन्धान गरी तत्काल ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख श्रेष्ठलाई कानुन अनुसारको कारवाहि हुने बताएका छन ।

Facebook Comments

सम्बन्धित समाचार