• होमपेज
  • समाचार
  • वीरगञ्जको लक्षबनबामामा करेन्ट लागेर दुर्इ जना महिलाको मृत्यु

वीरगञ्जको लक्षबनबामामा करेन्ट लागेर दुर्इ जना महिलाको मृत्यु

  • आइतवार, अशोज २९, २०७४
वीरगञ्जको लक्षबनबामामा करेन्ट लागेर दुर्इ जना महिलाको मृत्यु

वीरगञ्ज,असोज २९ –

वीरगञ्जको लक्षबनबामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मोटरमा करेन्ट आउँदा चापाकल चलाउन गएकी एक जना महिला र उनलाई बचाउन गएकी एक जना अर्की महिलाको मृत्यु भएको हो ।

आइतबार बिहान करेन्ट लागेर मृत्यु हुनेहरूमा वीरगञ्ज महानगरपालिका-१५ का लक्षमणवा बस्ने ५० वर्षीय कान्ति देबी र सोही ठाउँकी ४५ वर्षीया जागोदेबी सोनार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घर सरसफाई गर्ने क्रममा आइतबार बिहान ८ बजे कान्ति देबी पानी लिन चापाकलमा जाँदा सोमा जडान भएको पानी तान्ने मोटरमा अचानक करेन्ट प्रबाह हुदा उनी घटनास्थलमै भुँइमा लडेकी थिईन ।

उनी भुइँमा लडेको देखेपछि छिमेकी जागो देबीले उठाउन जादा उनलाई पनि करेन्ट लागेको थियो । मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार