• होमपेज
  • समाचार
  • ६ करोड ठगीमा काठमाडौंबाट समातिए एनआरएनए

६ करोड ठगीमा काठमाडौंबाट समातिए एनआरएनए

  • आइतवार, अशोज २९, २०७४
६ करोड ठगीमा काठमाडौंबाट समातिए एनआरएनए

काठमाडौं,असोज २९-

नेपालमा जापानी स्कुल सञ्चालन गर्ने नाममा एक जापानीसँग ६ करोड रुपैयाँभन्दा बढी रकम ठगेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वपदाधिकारी पक्राउ परेका छन् । राजधानीमा शनिबारदेखि सुरु एनआरएनएको विश्वसम्मेलनको पूर्वसन्ध्यामा काठमाडौं प्रहरी परिसरको टोलीले अनुज थापालाई पक्राउ गरेको हो ।

पीडित जापानीले केही दिनअघि परिसरमा आउर उजुरी गरेपछि प्रहरीले थापाको खोजी गरेको थियो । थापा एनआरएनए, जापानका पूर्वमहासचिव हुन् । उनी हाल उनी हाल एनआरएनए आईसीसी सदस्य छन् । नेपाल पर्यटन बोर्डको जापानस्थित प्रतिनिधिसमेत रहेका थापाले जापानी प्रोफेसर यामामोतो हिराकीलाई प्रलोभनमा पारी ठूलो रकम हात पारेका थिए ।

हिराकी लगानी गर्न तयार भएपछि उनीहरुले ०७१ चैतमा सोह्रखुट्टेमा एउटा घर किने । साथै फोर्डको गाडी पनि लिए । थापाले सबै व्यक्तिगत नाममा दर्ता गरे । ०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुर्याएको भन्दै त्यसपछि हिराकीबाट पैसा लिएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार