• होमपेज
  • Uncategorized
  • थारु पत्रकार संघ चितवनको जिल्ला भेला सम्पन्न

थारु पत्रकार संघ चितवनको जिल्ला भेला सम्पन्न

  • शनिबार, अशोज २८, २०७४
थारु पत्रकार संघ चितवनको जिल्ला भेला सम्पन्न

चितवन, असोज २८ –

थारु पत्रकार संघ चितवनको तेस्रो जिल्ला सभा शनिवार नारायणगढमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष कारी महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बोल्दै थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वहारीले थारु पत्रकारहरुको अवस्था र संघले खेलेको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय अध्यक्ष सर्वहारीले कार्तिक १८ गते हुने केन्द्रीय अधिवेशनको तयारी समेत तीब्र भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा चितवनका क्रियाशील पेशागत संगठनका प्रमुखहरुले चितवनमा थारु पत्रकारहरुले खेलेको भूमिकाको विषयमा प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष समेत रहनुभएका प्रेस सेन्टर नेपालका अध्यक्ष प्रकाश ज्ञवालीले थारु पत्रकारसँग समन्वय गरेर पत्रकार महासंघ अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले थारु समुदायको इतिहास नै लेखनका लागि अगाडी बढ्न समेत थारु पत्रकार संघलाई सुझाव दिनुभयो । कार्यक्रममा नेपाल प्रेस यूनियन चितवनका उपाध्यक्ष पूर्ण शर्माले पत्रकारितामा प्रशस्तै सम्भावना रहेका कारण व्यवसायिक रुपमै अगाडी बढ्न थारु पत्रकारहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष नवराज ढकालले चितवनमा थारु पत्रकारहरुको उपस्थित र सहभागीता प्रशंसनीय रहेको बताउनुभयो । आगामी दिनमा पनि सहकार्य गरेरै अगाडी बढ्ने उहाँले बताउनुभयो । संघकी उपाध्यक्ष सुमित्रा महतोले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्यप्रकाश कंडेल, फोनिज चितवनका कोषाध्यक्ष एवम् तामाङ संचार समुहका सचिव ज्ञानेन्द्र तामाङ, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरवीर थापा मगर, थारु पत्रकार संघ चितवनका सल्लाहाकार सन्तकुमार चौधरी, चन्द्राकुमारी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष संजय चौधरीले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संघका अध्यक्ष कारी महतोले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्तिक १८ गते सुनसरीको झम्कामा हुने केन्द्रीय अधिवेशनका लागि चितवनबाट ३ जना प्रतिनिधि पठाउने निर्णय गरेको छ । सल्लाहाकार सन्तकुमार चौधरी, राजु चौधरी र सुमित्रा चौधरीलाई प्रतिनिधि पठाउने भेलाले निर्णय गरेको छ । यस्तै केन्द्रीय अधिवेशनमा पर्यवेक्षकको रुपमा जिल्ला अध्यक्ष कारी महतो, मनिराम थनेत, दिपेश चौधरी, प्रमिला महतोलाई पठाउने निर्णय गरेको छ । कार्यक्रममा चितवनका एकदर्जनबढी थारु पत्रकारहरु सहभागी थिए ।

Facebook Comments

सम्बन्धित समाचार