• होमपेज
  • समाचार
  • तिहारको अवसरमा देवघाटमा लोक सांस्कृतिक कार्यक्रम हुने

तिहारको अवसरमा देवघाटमा लोक सांस्कृतिक कार्यक्रम हुने

  • शनिबार, अशोज २८, २०७४
तिहारको अवसरमा देवघाटमा लोक सांस्कृतिक कार्यक्रम हुने

चितवन,असोज २८-

पवित्र तिर्थस्थल देवघाटधाममा तिहारको अवसर पारेर वृहत लोक सांस्कृतिक कार्यक्रम हुने भएको छ । गांउ सुधार समिति देवघाटको आयोजनमा विगत ३ वर्षदेखी प्रत्यक वर्ष वृहत सांस्कृतिक कार्यक्रम हुदै आएको छ । यसवर्ष पनि असोज ३० र ३१ गते कार्यक्रम हुन लागेको आज देवघाटमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

नेपाली लोक सांस्कृतिमा मौलाएको विकृती विसंगतिलाई हटाएर मौलिक लोक संस्कृतीको संरक्षणका लागी कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक आशिक राना मगरले जानकारी दिए । यस वर्ष लोक संस्कृती संरक्षणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागिएको उनले वताए ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ,पुर्व अध्यक्ष प्रजापति पराजुली,कलाकार चन्दा गुरुङ,खुमन अधिकारी,पृथ्वी गुरुङ,सुमन आलेमगर,भूमिका गिरी,पार्वती भुजेल,जादुगर बलराम सरकार,हास्य टेलिसृङखला मेरी बास्सैको टिम र कपिल थापामगरको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । सो अवसरमा विभिन्न जातजातिको मौलिक नृत्यहरु र बडा स्तरिय मौलिक नृत्य प्रतियोगिता समेत हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार