• होमपेज
  • Uncategorized
  • किसान युवा क्लव सेमीफाईनलमा प्रवेश

किसान युवा क्लव सेमीफाईनलमा प्रवेश

  • शुक्रबार, अशोज २७, २०७४
किसान युवा क्लव सेमीफाईनलमा प्रवेश

चितवन, असोज २७–

किसान युवा क्लव बद्रेनी भरतपुर–१३ चम्पानगरमा जारी दोश्रो वातावरणमैत्री ‘राईनो कप खुल्ला भलिवल प्रतियोगिता’को सेमीफाईनलमा प्रवेश गरको छ ।

शुक्रबार भएको क्वाटरफाईनल खेलमा शिवशक्ती युवा क्लव शिवनगरलाई पराजित गर्दै बद्रेनी सेमीफाईनलमा प्रवेश गरेको हो । बद्रेनीले शिवनगरलाई २५–२१, २५–२३ र २५–२० को सोझो सेटमा पराजित गरेको प्रतियोगिताका प्रचार–प्रसार समितिका संयोजक विवेक पोखरेलले जानकारी दिए ।

यसअघि आजै भएको खेलमा शिवनगरले पद्मोदय युवा क्लवलाई पराजीत गर्दै क्वाटर फाईनलमा पुगेको थियो । त्यस्तै आज भएका खेलहरुमा डि वाई सी साझापुर र बाघबानी युवा क्लव विजयी भएका छन् । डिवाई सीले आयोजक हिमाल युवा क्लव ‘ए’ लाई २५–१८,२५–१७ र २५–२० को सोझो सेटमा पराजीत गरेको छ ।

त्यस्तै बाघवानी युवा क्लवले श्रीकृष्ण प्रणामी युवा परिषदलाई २५–१४,२०–२५,२५–२१ र २५–२० को सेटमा पराजीत गरेको प्रचार–प्रसार समितिका संयोजक पोखरेलले बताए । पोखरेलका अनुसार क्वाटर फाईनलका बाँकी खेल, सेमीफाईनल र फाईनल खेल शनिबार हुनेछ ।

हिमाल युवा क्लवको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी र प्रमाण पत्र तथा उपविजेतालाई नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष केशव देवकोटाले जानकारी दिए । सेमीफाईनलमा पराजित हुने टिमले नगद १० हजार प्राप्त गर्नेछन् । त्यस्तै अन्य विभिन्न विधामा उत्कृष्ठ भएका खेलाडीहरुलाई पनि पुरस्कृत गरिने छ ।

Facebook Comments

सम्बन्धित समाचार