• होमपेज
  • समाचार
  • चितवनमा जुवा खेल्ने ७ जना पक्राउ, एक लाख बढि बरामद

चितवनमा जुवा खेल्ने ७ जना पक्राउ, एक लाख बढि बरामद

  • शुक्रबार, अशोज २७, २०७४
चितवनमा जुवा खेल्ने ७ जना पक्राउ, एक लाख बढि बरामद

चितवन, असोज २७–

पुर्वीचितवनको रत्ननगरबाट ७ जना जुवाडे पक्राउ परेका छन् । रत्ननगर १६ पिठुवाको भद्रकाली चोकबाट प्रहरीले गएराती ११ बजे जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो । राम थापा मगरको कुखुरा फर्मभित्र कौडा र तास खेलिरहेका जुवाडेहरुलाई प्रहरीले नगद १ लाख २६ हजार ३ सय ३५ रुपैया सहित पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय टाडिबाट प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा खटिएको प्रहरी टोलिले जुवा खेलाउने राम थापा मगरसहित ७ पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय टाडिका प्रमुख खतिवडाले जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार