• होमपेज
  • Uncategorized
  • विश्व क्रिकेट लिग च्याम्पियनसिपः हङकङद्धारा नेपालसामु १९५ रनको लक्ष्य

विश्व क्रिकेट लिग च्याम्पियनसिपः हङकङद्धारा नेपालसामु १९५ रनको लक्ष्य

  • शुक्रबार, अशोज २७, २०७४
विश्व क्रिकेट लिग च्याम्पियनसिपः हङकङद्धारा नेपालसामु १९५ रनको लक्ष्य

काठमाडौं, असोज २७–

चिरपरिचित प्रतिद्धन्द्धी हङकङले नेपालसामू १ सय ९५ रनको विजय लक्ष्य पेश गरेको गरेको छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा घरेलु टोली हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन मात्रै जोड्न सक्यो ।

मिशन रोड ग्राउण्ड मोङ ककमा टस जितेको नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

हङकङका ओपनर अत्किन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । ११७ बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे ।
१४४ रन हुँदा आठौं विकेट गुमाएको हङकङका लागि तान्वीर अफजल र इशान नावाजले नवौं विकेटका लागि ३८ रनको ठोष साझेदारी गरे ।
नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए । नेपाल केहीबेरमा जवाफी व्याटिङमा उत्रिदै छ ।

Facebook Comments

सम्बन्धित समाचार