• होमपेज
  • Uncategorized
  • भारतीय क्रिकेटर आशिष नेहेराले क्रिकेटबाट सन्यास लिने

भारतीय क्रिकेटर आशिष नेहेराले क्रिकेटबाट सन्यास लिने

  • बिहिबार, अशोज २६, २०७४
भारतीय क्रिकेटर आशिष नेहेराले क्रिकेटबाट सन्यास लिने

एजेन्सी,असोज २६ –

भेट्रान भारतीय क्रिकेटर आशिष नेहेराले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । बायाँ हाते फास्ट बलर नेहेराले आगामी नोभेम्बरपछि १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् ।

नेहेराले आगामी नोभेम्बरमा घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध हुने पहिलो टि–ट्वान्टी क्रिकेटपछि सन्यास लिने घोषणा गरेका हुन् । सन्यास घोषणापछि नेहेराको भारतबाट अन्तिम खेल आगामी नोभेम्बर १ मा दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा न्युजिल्यान्डविरुद्ध हुनेछ । भारतले न्युजिल्यान्डसँग तीन एकदिवसीय र ३ खेलको टि–ट्वान्टी सिरिज खेल्ने छन् ।

पछिल्लो समय भारतीय टोलीबाट बाहिर रहँदै आएका नेहेराको सन्यासबारे भारतीय क्रिकेट बोर्ड ९बिसीसीआई० ले समेत पुष्टि गरेको छ । बिसीसीआईका पदाधिकारीले हिन्दुस्तान टाइम्सलाई भनेका छन्, “हो, नेहेराले नोभेम्बरपछि सन्यास लिने बताएका छन् । उनले प्रशिक्षक रभी शास्त्री र कप्तान विराट कोहलीलाई जानकारी गराइसकेका छन् ।

पछिल्लो समय चोटबाट गुज्रिरहेका नेहेराले सन् १९९९ बाट भारतीय टोलीमा डेब्यु गरेका थिए । ३८ बर्षिय नेहेराले भारतबाट १७ टेष्ट, १२० एकदिवसीय र २६ टि ट्वान्टी क्रिकेट खेलका छन् । चोटको कारण नेहेराले टिममा स्थान बनाउन पछिल्लो समय निकै संघर्ष गर्नु परिरहेको थियो । नेहेरा पछिल्लो समय अष्ट्रेलियाविरुद्धको सिरिजमा समेत टोलीमा थिएनन् । यस्तै उनले यो सिजनको इन्डियन प्रिमियर लिग समेत खेलेनन् ।

Facebook Comments

सम्बन्धित समाचार