• होमपेज
  • समाचार
  • संखुवासभामा सालनालसहित भर्खरै जन्मिएको बेवारिसे शिशु भेटियो

संखुवासभामा सालनालसहित भर्खरै जन्मिएको बेवारिसे शिशु भेटियो

  • बिहिबार, अशोज २६, २०७४
संखुवासभामा सालनालसहित भर्खरै जन्मिएको बेवारिसे शिशु भेटियो

संखुवासभा, असोज २६ –

संखुवासभाको खाँदबारी नगरपालिका–१ मा सालनालसहित भर्खरै जन्मिएको बेवारिसे शिशु भेटिएको छ ।
बिहीबार बिहान खाँदबारीको फूलपाति चोक नजिकै खेतको गह्रामा स्थानीय बासिन्दाले शिशुलाई जीवितै भेटेका हुन् । जीवितै शिशु भेटेपछि परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शिशुको उद्धार गरेको छ । शिशुको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको डाक्टरले जनाएका छन् ।
शिशुलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । शिशु जन्माएर बेवारिसे छाडेकी सुत्केरी आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फाइल फोटो

Facebook Comments

सम्बन्धित समाचार