• होमपेज
  • समाचार
  • केन्द्रीय अध्यक्ष गौचनको हत्याको विरोधमा निमार्ण ब्यवसायी संघ चितवनको विरोध

केन्द्रीय अध्यक्ष गौचनको हत्याको विरोधमा निमार्ण ब्यवसायी संघ चितवनको विरोध

  • मङ्लबार, अशोज २४, २०७४
केन्द्रीय अध्यक्ष गौचनको हत्याको विरोधमा निमार्ण ब्यवसायी संघ चितवनको विरोध

चितवन,असोज २४ –
केन्द्रिय अध्यक्षको हत्या भएको घटनाको निमार्ण ब्यवसायी संघ चितवनले घोर भत्र्सना गरेको छ । निमार्ण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मंगलवार दिउँसो राजधानीमा गोली हानी हत्या भएपछि जिल्ला संघले कडा शब्दमा भत्र्सना गरेको छ । देशकै प्रतिष्ठित ब्यवसायी माथि दिन दहाडै गोली प्रहार भएको घटनाले देशको सुरक्षावस्था माथि प्रश्न गरेका छन । संघका महासचिव भिष्म अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै देशभरका निमार्ण ब्यवासयीको अभिभावकको हत्या भएको घटनाले ब्यवसायीहरु म्र्माहत भएको बताएका छन् ।

विज्ञप्ती मार्फत हत्याराको छिटो खोजी गरी कारवाहीको लागि । घटनाको सत्यतथ्य छानविन नगरेसम्म जिल्लाको सबै निमार्ण कार्य बन्द गर्ने भनी आन्दोलनको घोषणा गरेका छन । महासंघको सदस्य सहितको छानविन टोली गठन गरी दोषीलाई कारवाही हुनुपर्ने माग गरिएको छ । दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवार प्रति समवेदना ब्यक्त गरिएको छ । देशको निमार्ण जगतमा सक्रिय भूमिका निर्वाह गर्ने निमार्ण ब्यवसायीको सुरक्षाका लागि गृह प्रशासनसंग महासचिव अधिकारीको विज्ञप्तीमा मार्फत माग गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार