• होमपेज
  • समाचार
  • चुनावको लागि संघीय समावादी फोरमद्धारा उम्मेवारको नाम सिफारिस,सिरहा १ बाट उपेन्द्र यादव नलड्ने

चुनावको लागि संघीय समावादी फोरमद्धारा उम्मेवारको नाम सिफारिस,सिरहा १ बाट उपेन्द्र यादव नलड्ने

  • मङ्लबार, अशोज २४, २०७४
चुनावको लागि संघीय समावादी फोरमद्धारा उम्मेवारको नाम सिफारिस,सिरहा १ बाट उपेन्द्र यादव नलड्ने

सिरहा, असोज २४ –

आगामी मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि संघीय समावादी फोरम नेपालले आफ्ना उम्मदवार सिफारिस गरेको छ ।

सिरहाको क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र पूर्व विनाविभागीय मन्त्री राजलाल यादवको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ बाट पार्टी केन्द्रीय कोषाध्यक्ष बिजय यादव, सत्रुधन महतो कोइरी, क्षेत्र ३ बाट अशेश्वर यादव, सत्रुधन महतो कोइरी र धर्मेन्द्र मोरवैता र क्षेत्र नम्बर ४ बाट डा. बीरेन्द्र महतो, सितल प्रसाद यादव र चन्देश्वर यादवको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बादल प्रसाद यादवले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशसभा चुनावका लागि सिरहा क्षेत्र नम्बर १ (क) बाट बैधनाथ प्रसाद साह, जितेन्द्र प्रकाश महतो र श्याम कुमार गुप्ता र (ख) बाट राजकुमार गुप्ता (राजु), प्रयागलाल यादव र जितेश कुमार यादवको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा चुनावका लागि सिरहा क्षेत्र नम्बर २ (क) बाट डोमी साह, बिनोद कुमार यादव, अजय यादव र भागवत यादवको नाम सिफारिस गरिएको छ भने २ (ख) बाट निर्मला यादव, आनन्द कुमार महतोको नाम सिफारिस गरिएको जनाएको छ ।

क्षेत्र नम्बर ३ (क) बाट मनोज कुमार सिंह र राजकुमार सिंहको नाम सिफारिस गरिएको छ भने ३ (ख) बाट मनोरन्जन गोइतको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र ४ (क) बाट बिष्णुकुमार साह, बिष्णुदेव कुमार महतो र हरेराम यादवको सिफारिस गरिएको छ भने क्षेत्र ४ (ख) बाट अमरकुमार साह, बिजयकुमार र दिलिपकुमार यादवको नाम सिफारिस गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

यसअघि सिरहाको क्षेत्र नं. १ बाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाम सिफारिस गरेपछि संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव पनि यही बाट लड्ने भनेपनि पार्टीले आधिकारीक रुपमा उहाँको नाम सिफारिस गरेको छैन ।

Facebook Comments

सम्बन्धित समाचार