• होमपेज
  • समाचार
  • खोटाङमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

खोटाङमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

  • मङ्लबार, अशोज २४, २०७४
खोटाङमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

खोटाङ, असोज २४ –

बसको ठक्करबाट यहाँ एक वृद्धाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ ।

दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नं को बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएको हो ।

वृद्धाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन् । दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गदै आफन्तले दिक्तेल–हलेसी सडक अवरुद्ध गरेका हुन् । घटनाको अनुसन्धान गर्न र अवरुद्ध सडक खुलाउन टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।

दुर्घटनालगत्तै बस चालक अर्जुन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरबाट घाँस काट्न भनेर हिँडेकी राईलाई बयाक्ता भन्ने ठाउँमा सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकका आफन्तले सडक अवरुद्ध गरेपछि शव उठ्न सकेको छैन । घटनास्थल जिल्लाको पश्चिमी क्षेत्र ओखलढुंगाको सिमानामा पर्छ । रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा