• होमपेज
  • मनोरञ्जन
  • ‘छक्का पन्जा ३’ घोषणा, पुरानै कलाकार दोहोरिनेछन्

‘छक्का पन्जा ३’ घोषणा, पुरानै कलाकार दोहोरिनेछन्

  • मङ्लबार, अशोज २४, २०७४
‘छक्का पन्जा ३’ घोषणा, पुरानै कलाकार दोहोरिनेछन्

काठमाडौँ,असोज २४ –

हाल प्रदर्शन भैरहेको फिल्म ‘छक्का पन्जा २’ को पनि सिक्वेल निर्माण हुने भएको छ । गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पन्जा’को सिक्वेल हो ‘छक्का पन्जा २’ । ‘छक्का पन्जा’ले प्रदर्शनको सय दिन मनाउँदा १६ करोड कलेक्सन गरेको थियो । हाल दोस्रो सातामा प्रदर्शन भैरहेको फिल्म ‘छक्का पन्जा २’ ले अब पहिलो श्रृंखलाको १६ करोडको रेकर्ड मात्र तोड्न बाँकी छ ।

‘छक्का पन्जा २’ बाट पनि सफलता हात परेपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसको तेस्रो सिक्वेलको पनि निर्माण घोषणा गरेका छन् । फिल्मको सफलताको खुसी साट्दै दीपकराज गिरीले अर्को वर्षको फूलपातीमा प्रदर्शन गर्ने गरि ‘छक्का पन्जा ३’ घोषणा गरे । यो फिल्मलाई पनि दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् ।

दीपकराजले भने, ‘अब हामी मह जोडीले निर्माण गर्न लागेको फिल्म ‘शत्रुगते’को छायांकनमा व्यस्त हुँदैछौं । यो फिल्मको काम सकिएपछि ‘छक्का पन्जा ३’ को काम सुरु गर्ने तयारी छ । लगातार पाएको दर्शकको साथ र मायाले ‘छक्का पन्जा’को तेस्रो भाग निर्माण गर्न उर्जा मिलेको हो ।

दीपकराज गिरीले ‘छक्का पन्जा ३’ मा ‘६ एकान ६’ देखि ‘छक्का पन्जा २’ सम्म काम गर्ने पुरानै कलाकारहरुको अभिनय रहने पनि बताए । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे लगायतका कलाकारहरु यो फिल्ममा दोहोरिनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि