• होमपेज
  • समाचार
  • बारामा पर्खाल भत्किँदा एकको मृत्यु

बारामा पर्खाल भत्किँदा एकको मृत्यु

  • आइतवार, अशोज २२, २०७४
बारामा पर्खाल भत्किँदा एकको मृत्यु

कलैया, असोज २२ –

आफ्नै घरको पर्खालमा च्यापिएर बारामा आज एक जनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर निवासी ६५ वर्षीय अहमद अन्सारीको बिहान ७ः१० बजेतिर पर्खालमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।

आफ्नो पुरानो घरको छत भत्काउने क्रममा पर्खाल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका अन्सारीको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको प्रवक्ता साहले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार