• होमपेज
  • समाचार
  • सामुदायीक वनमा पर्यटन गतिविधी वढाउन अध्ययन अवलोकन

सामुदायीक वनमा पर्यटन गतिविधी वढाउन अध्ययन अवलोकन

  • शनिबार, अशोज २१, २०७४
सामुदायीक वनमा पर्यटन गतिविधी वढाउन अध्ययन अवलोकन

चितवन,असोज २१-

पुर्वी चितवनको खगेन्द्रमल्ली उपभोक्ता समिति अन्र्तगत रहेका मध्यवर्ती सामुदायिक वनमा पर्यटनको सम्भावनाका बारे स्थलगत अवलोकन गरिएको छ । सो उपभोक्ता समिति अन्र्तगत रहेका चार वटा सामुदायिक वनमा पर्यटन गतिविधी वढाउने उदेश्यले शनिवार स्थलगत अवलोकन गरिएको हो ।

कठार पर्यटन विकास समितिको नेतृत्वमा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी,राप्ती नगरपालिकाका मेयर प्रभा वराल,उपमेयर इमानसिंह लामा,वडाध्यक्षहरु, चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत अभिनय पाठक ,उपभोक्ता समितिका पदाधिकारी,पर्यटन विकास समितिका पदाधिकारी लगायतको टोलीले गाडी मार्फत वनको अवलोकन गरेको थियो । सो उपभोक्ता समिति अन्र्तगत कुचकुचे, कठेश्वरी, देवीथान र राप्ती एकता मध्यवर्ती सामुदायिक वन पर्दछ । ति सामुदायिक वन दुर्लभ वन्यजन्तु लागि उपयुक्त वासस्थान रहनुका साथै वन भित्र ऐतिहासिक धार्मिक स्थलहरु समेत रहेका छन् । तर उचित प्रचार प्रसार तथा पर्यटनको महत्व वुझाउन नसक्दा यहाँ पर्यटनको विकास हुन सकेको छैन् ।

प्रचार प्रसारसंगै यहाँ पर्यटनको विकास गर्नका लागि पहिलो चरणमा सरोकारवालाहरुको सहभागीतामा अध्ययन अवलोकन गरिएको कठार पर्यटन विकास समितिका अध्यक्ष जीतराम चौधरीले वताए । सो उपभोक्ता समिति अन्र्तगत रहेको देवी थान मध्यवर्ती सामुदायिक वनमा ऐतिहासिक वनदेवीको मन्दिर,नाग दह,चिसापानी ताल लगायत प्रशस्त पर्यटकीय क्षेत्र छन् भने यहाँ रहेका सामुदायिक वन दुर्लभ एक सिंगे गैडा ,पाटेबाघको वासस्थानको रुपमा लिईन्छ । जीप सफारी गरेर पर्यटनको गतिविधी सुरु गर्न बाटोका कारण समस्या रहेको वताएको छ । जीप सफारीका लागि वनक्षेत्रमा रहेका खोला तथा तालमा पुल र कल्र्भट निर्माण, वन क्षेत्रको बाटोमा ग्रावेल गर्नु पर्ने खगेन्द्रमल्ली उपभोक्ता समितिका अध्यक्ष सुकवहादुर गुरुङले वताए ।

कुनै वेला यहाँको कुचकुचे मध्यवर्ती सामुदायिक वनबाट पटक पटक गरी करिव २० वटा गैंडा वर्दिया लगायतका जिल्लामा स्थानान्तरण गरिएको थियो । वन अवलोकनका क्रममा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले कठारको पर्यटन विकासका लागि ३० लाख रुपैया विनियोजन गरेको जानकारी दिदै तत्काल योजना वनाएर काम गर्न आग्रह गरे । राप्ती नगरपालिकाले पनि राप्ती एकता सामुदायिक वनमा पर्यटन प्रर्वद्धन गर्न २० लाख रुपैया वजेट छुट्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार