• होमपेज
  • समाचार
  • कांग्रेस महामन्त्री डा.शसांक कोइराला नवलपुर क्षेत्र नः १ बाट सिफारिस

कांग्रेस महामन्त्री डा.शसांक कोइराला नवलपुर क्षेत्र नः १ बाट सिफारिस

  • शनिबार, अशोज २१, २०७४
कांग्रेस महामन्त्री डा.शसांक कोइराला नवलपुर क्षेत्र नः १ बाट सिफारिस

ज्ञानु पंगेनी,

नवलपरासी, असोज २१-

नेपाली कांगे्रस नवलपरासीले प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । कांग्रेसका महामन्त्री डा. शसांक कोइराला प्रदेश ४ अन्र्तगत नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रवाट कोइराला सहित पूर्व सांसद महेन्द्रध्वज जिसी र कमला तिवारीको नाम पनि सिफारिस गरीएको छ ।

नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि महेन्द्रध्वज जिसी सहित बिष्णु कार्की, कृष्णचन्द्र नेपाली र ओेमकला गौतमको नाम सिफारिस गरीएको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती दुर्गा बहादुर रानाले जानकारी दिनुभयो । पूर्व सांसद महेन्द्रध्वज जिसी क्षेत्र नम्बर १ र २ दुबै क्षेत्रवाट सिफारिस हुनुभएको छ ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ बाट करुणसागर सुवेदी, ओम सापकोटा,सत्यनारायण खनाल, द्रोणवन सन्यासी,पत्रकार महासंघ नवलपरासीका सभापती होमराज रानाभाट,कमल पराजुलीको नाम सिफारिस गरीएको छ ।

त्यस्तै ‘ख’ बाट हेमराज कोइराला, भानु सिग्देल, डिल्लीराम कडरिया,महेन्द्र पोखरेल,कपिल भुषाल,झपेन्द्र भुषाल, सरस्वती तिमिल्सिना, धर्म बस्याल, ओमकला गौतम, बिष्णु पाण्डे लगाएतको नाम सिफारीस गरीएको क्षेत्रीय समितिले जनाएको छ ।

नवलपुर क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेश सभाको लागि श्रीधर शर्मा,नेपाली कांगे्रसका जिल्ला सभापती बिष्णु लामिछाने, लक्ष्मी मैनाली, खड्ग बहादुर राना, शंकर तिवारी र मित्रलाल भट्टराईको नाम सिफारिस गरिएको छ ।

२ को ‘ख’ बाट गणेशमान श्रेष्ठ,कमल भट्टराई, सुर्य गुरु¨, भरत भुषाल, उदय अर्याल, टेक प्रसाद श्रेष्ठ, दोमन बहादुर भण्डारी र बालकृष्ण भुषालको नामा सिफारिस भएको क्षेत्रीय सभापती दुर्गा बहादुर रानाले बताउनुभयो ।

नवलपरासीको प्रदेश ५ अन्र्तगत पर्ने परासी तर्फको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागि सांसद देवकरण जैसवालको नाम निर्विरोध सिफारिस भएको छ । प्रदेश सभाको लागि क्षेत्र नम्बर १ को ‘क’ बाट विक्रम खनाल र ‘ख’ बाट मुकुल आचार्यको नाम सिफारिस गरीएको छ ।

२ नम्बर क्षेत्र बाट प्रतिनिधि सभाको लागि केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको नाम सिफारिस भएको छ भने प्रदेश सभाको लागि २ को ‘क’ बाट अर्जुन कुमार पोखरेल,मोहन शर्मा र टंक न्यौपानेको नाम सिफारिस भएको छ । २ को ‘ख’ बाट प्रदेश सभाको लागि बैजनाथ जैसवाल ,विक्रम यादव र रोधश्याम पाठको नाम सिफारिस भएको छ ।

क्षेत्रिय समितिले सिफारिस गरेको नाम जिल्ला हुदै केन्द्रमा पठाईने जिल्ला सभापती विष्णु लामिछानेले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार