• होमपेज
  • समाचार
  • बुटवलमा श्रीमानले चलाएको स्कुटीबाट खसेर श्रीमतीको मृत्यु

बुटवलमा श्रीमानले चलाएको स्कुटीबाट खसेर श्रीमतीको मृत्यु

  • शनिबार, अशोज २१, २०७४
बुटवलमा श्रीमानले चलाएको स्कुटीबाट खसेर श्रीमतीको मृत्यु

अर्घाखाँची, असोज २१ –

सुपा देउराली दर्शनको लागि बुटवलबाट सुपा आउने क्रममा श्रीमानले चलाएको स्कुटीबाट खसेर शनिबार बिहान एक जनाको ज्यान गएको छ ।
शितगंगा नगरपालिकाको भेडामारेमा आफ्नै श्रीमानले चलाएको स्कुटीबाट खसेको बेला सँगसँगै आएको बसले किचेर एक महिलाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
एउटै दिशाबाट आइरहेका बस र स्कुटीमध्ये स्कुटीमा यात्रा गर्ने महिला खसेको र बसको पछिल्लो चक्काले च्याप्दा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१ नयाँ मिल बस्ने अन्दाजी ४५ वर्षकी देवी कार्की घटनास्थलमै मृत्यु भएको सहयोगी विसीले बताउनु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार