• होमपेज
  • Uncategorized
  • परिवार दलका अध्यक्ष ढकाललाई मातृशोक

परिवार दलका अध्यक्ष ढकाललाई मातृशोक

  • शनिबार, अशोज २१, २०७४
परिवार दलका अध्यक्ष ढकाललाई मातृशोक

चितवन,असोज २१-

नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकाललाई मातृशोक परेको छ । ढकालकी ८२ वर्षिय आमा टंक कुमारी ढकालको आज विहान निधन भएको हो । उहां कालिका नगरपालिका वडा नम्वर ६ खोलेसिमलमा वस्दै आउनुभएको थियो । लामो समयदेखी दमको रोगले ग्रसित स्वर्गिय ढकाल यहि असोज १६ गतेदेखी पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना हुनुभएको थियो । उहाँको पार्थिव शरिरलाई आजै पवित्र तिर्थस्थल देवघाटधाममा हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिएको छ । स्वर्गिय ढकालका २ छोरा र ७ छोरी रहेका छन् । उहाँका जेठा छोरा एकनाथ ढकाल परिवारका दलका साँसद तथा पुर्व मन्त्रि समेत हुनुहुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार