• होमपेज
  • समाचार
  • भारतलाई पाकिस्तानले दियो यस्तो चेतावनी

भारतलाई पाकिस्तानले दियो यस्तो चेतावनी

  • शनिबार, अशोज २१, २०७४
भारतलाई पाकिस्तानले दियो यस्तो चेतावनी

वाशिङटन, असोज २१ –

भारतले पाकिस्तानभित्र ‘सर्जिकल स्ट्राइक’ वा परमाणु केन्द्रमाथि हमला गरे पाकिस्तानले ‘चूप लागेर नबस्ने’ चेतावनी दिएको छ ।
वाशिङटनमा आयोजित एक कार्यक्रममा पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले भारतले पाकिस्तानभित्र आक्रमण गरेमा कुनै किसिमको धैर्यको अपेक्षा नगर्न समेत सुझाव दिएका छन् ।

भारतीय वायु सेनाका प्रमुख वीरेन्द्रसिंह धनोआले पाकिस्तानका परमाणुसहितका केन्द्रलाई ध्वस्त पार्ने क्षमता भारतसँग रहेको बताएपछि पाकिस्तानी विदेशमन्त्रीले त्यसको जवाफ दिएका हुन् ।

अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री ख्वाजाले अमेरिकी समकक्षी रेक्स टिलर्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार एवं आर म्याकमास्टरसँग भेटवार्ता गरेका छन् ।

पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा पछिल्लो समय देखिएको तनाव अन्त्य गर्ने प्रयासमा ख्वाजाको भ्रमण केन्द्रित रहेको बताइएको छ । – एजेन्सी

Facebook Comments

सम्बन्धित समाचार