• होमपेज
  • मनोरञ्जन
  • ‘पञ्चायत’को पहिलो गीत सार्वजनिक, निताको यस्तो देखियो रुप (भिडियोसहित)

‘पञ्चायत’को पहिलो गीत सार्वजनिक, निताको यस्तो देखियो रुप (भिडियोसहित)

  • बिहिबार, अशोज १९, २०७४
‘पञ्चायत’को पहिलो गीत सार्वजनिक, निताको यस्तो देखियो रुप (भिडियोसहित)

चितवन, असोज १९–

चलचित्र ‘पंचायत’ को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रका निर्माता तथा संचारकर्मी रबि अधिकारीको जन्म दिनको अवसर पारेर विहीबार चलचित्र पहिलो गीत सार्वजनिक गरिएको हो । निकै मार्मिक र मर्मस्पर्शी यस गीतमा एउटी नारीको बेदना समेटिएकोन छ भने जसमा निता ढुङगानाको निकै शसक्त अभिनय देख्न सकिन्छ ।

५० वर्ष पुरानो कथामा आधारित ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्रको पंचायतको ‘छोरीको कर्म’बोलको गीतमा सरु गौतमको आवाज रहेको छ । शिवम अधिकारीको शब्द रहेको यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ ।
चलचित्र फागुन १७ गते बाट प्रदर्शनमा आउदै छ । यस फिल्ममा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने फिल्म पञ्चायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन्। गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्।

चलचित्र पंचायत अहिले बिदेशमा हुने विभिन्न फिल्म फेस्टिभल प्रदर्शनको तयारीमा रहेको छ भने देश भित्र पनि बिभिन्न संस्थाहरुले च्यारिटि गरिसकेका छन् जहाँ चलचित्रले राम्रो प्रतिकृया पाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार