• होमपेज
  • Uncategorized
  • चितवनमा बन्दैछ १५ हजार दर्शक अट्ने चित्रवन रंगशाला

चितवनमा बन्दैछ १५ हजार दर्शक अट्ने चित्रवन रंगशाला

  • बिहिबार, अशोज १९, २०७४
चितवनमा बन्दैछ १५ हजार दर्शक अट्ने चित्रवन रंगशाला

चितवन,असोज १९–

चितवनमा निर्माणधिन रंगशालाले गति लिन थालेको छ । भरतपुर महानगरपालिका वडा नम्वर २० चन्द्रनगरमा निर्माण भैरहेको राष्ट्रिय स्तरको रंगशालाले गति लिन थालेको हो ।

२०७१ सालदेखी निर्माण सुरु गरिएको रंगशालको कम्पाउण्ड निर्माणको काम सकिएको छ । गतवर्ष प्रचण्ड नेतृत्वको सरकारले विनियोजन गरेको ५० लाख रुपैंया मध्य १९ लाख ३० हजार रुपैंयाले कम्पाउण्ड निर्माण गरिएको हो । विनियोति रकम मध्य करिव ३० लाख रकम फ्रिज भएको चित्रवन रंगशाला निर्माण समितिका सचिव टुकमान गुरुङले जानकारी दिनुभयो । उहाँले अन्तिम समयमा बजेट विनियोजन भएका कारण सबै रकम खर्च हुन नसकेको बताउनु भयो । प्रधानमन्त्री भएकाबेला प्रचण्डले चितवन आएर रंगशाला निर्माणका लागी ५५ करोड रकम विनियोजन गर्ने घोषणा गर्नुभएको थियो । प्रचण्डले घोषणा गरेको रकम मध्य पहिलो वर्ष ५० लाख रुपैंया आएको हो । यसवर्ष पनि बजेट विनियोजनका लागी पहल भैरहेको गुरुङले बताउनुभयो ।

२०७१ सालमा साविकको चित्रवन नगरपालिका स्थापना भएपछि रंगशाला निर्माणका लागी समिती गठन गरिएको थियो । प्रशस्त खाली जग्गा रहेको सो क्षेत्रमा रंगशाला निर्माणका लागी १० विगाह जग्गा छुट्याइएको छ । खालि १ सय ७० विगाह जग्गा मध्ये १० विगाह जग्गा जग्गा रंगशाला निर्माणका लागी छुट्याइएको हो ।

जग्गा प्राप्त गरेपछि पहिलो पटक जिल्ला खेलकुद विकास समितिबाट प्राप्त १५ लाखले मैदान व्यवस्थापन र प्याराफिट निर्माणका लागी ढुङगा गिटी झारिएको सचिव गुरुङले बताउनुभयो । रंगशालामा करिव १५ हजार दर्शक अट्नेगरी प्याराफिट निर्माण गरिने उहाँको भनाई छ ।

पछिल्लो समय रंगशाला निर्माणले गति लिन थालेपछि राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरबाट सहयोग गर्ने क्रम बढेको छ । चितवन सोसाइटी जापानले २ लाख रकम सहयोग गरिसकेको छ भने अन्य संस्थाहरुले पनि सहयोगको अस्वासन दिएका छन् । प्रत्येक वर्ष सरकार परिवर्तन हुँदा बजेट विनियोजनमा समस्या हुने गरेको निर्माण समितिले जनाएको छ । देश विदेशबाट सहयोग संकलनका लागी अन्र्तराष्ट्रिय आर्थिक संकलन समिति समेत गठन गरिएको छ ।

चितवनमा खेलकुद गतिविधिहरु हुने गरेपनि स्तरीय रंगशाला नभएपछि ठूला प्रतियोगिताहरु कम मात्रामा आयोजना हुने गरेका छन् । जिल्लामा यसअघि रत्ननगरमा क्षेत्रीय स्तरको रंगशाला निर्माणको काम अघि बढेपछि खेलप्रेमी, खेलाडीहरु उत्साहित थिए । तर रंगशालाको तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिलन्यास गरेपनि निर्माण प्रक्रियामा बन मन्त्रालय बाधक बनेपछि रंगशाला अलपत्र पर्न गयो ।
रंगशाला नबन्ने अवस्थामा पुगेपछि निराश भएका खेलप्रेमी र खेलाडीहरु चित्रवन रंगशाला निर्माणले गतिलिएसंगै फेरी हौसिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार