• होमपेज
  • Uncategorized
  • दशैंको शुभकामना दिँदै ओलीले भने–“अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सकोस्” (भिडियोसहित)

दशैंको शुभकामना दिँदै ओलीले भने–“अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सकोस्” (भिडियोसहित)

  • बुधबार, अशोज ४, २०७४
दशैंको शुभकामना दिँदै ओलीले भने–“अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सकोस्” (भिडियोसहित)

गैंडाकोट, असोज ४–

पूर्व प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम गर्न नसकेको बताउनुभएको छ ।

आज नवपरासीको गैंडाकोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले नेपालको न्यायपालिकाले न्याय दिलाउन नसकेको भन्दै स्वतन्त्र न्यायपालिकाको गरिमा कायम अदालतलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“कठैबरी नेपालको अदालत, मेरो शुभकामना छ अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सकोस्, अहिले दशैं आउन लाग्या छ दुर्गा भवानीले अदालतको स्वाधिनताको रक्षा गरुन्, श्रीमान् जीहरुलाई पनि त्यसको हेक्का दिमागमा हालदिउन् ।”

नेपालको अदालतको विषयमा केही मिनेट खर्चिएका ओलीले अदालत अब अदालत जस्तो होस् भन्ने सबैको चाहना रहेको बताउनुभयो । उहाँले अदालत मर्यादित, निश्पक्ष च्यातेको हेर्न आम जनता चाहेको भन्दै अदालतप्रति व्यङग्य गर्नुभयो–“मत पत्र च्यातेकोमा अदालतले ठिक हो भन्छ, एउटा प्रहरीमाथि भएको अन्याय ठिक, यस्ता कुरा एमालेले हेरिरहेको छ र खबरदारी गरिरहन्छ ।” उहाँले लोकतन्त्र भनेको मर्यादा कायम राख्ने भन्दै लोकन्त्रमा अदालतलाई मर्यादा कायम राख्न आग्रह गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले देश विकासका धेरै काम गर्नुपर्नेमा आफै अलमलमा परेको बताउनुभयो । विकास निर्माण गर्न अहिले राम्रो वातावरण रहेको बेलामा देशमा लुटमार, लुटतन्त्र चलेको आरोप लगाउनुभयो । उहाँले प्रधामन्त्री शेरबहादुर प्रति इंगित गर्दै भन्नुभयो–“देश विकासको काम गर्न एक पटक मात्रै प्रधानमन्त्री भए पुग्छ, चार पटक प्रधानमन्त्री किन्न बन्न प¥यो ?” अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले जम्बो सरकार बनाएर नाटक मञ्चन गरेको आरोप समेत लगाउनुभयो ।

यस्तै अध्यक्ष ओलीले नेपालमा काँग्रेस र एमाले गरि दुई वटा राजनीतिक शक्ति मात्रै रहेको भन्दै जनताले सही शक्तिलाई साथ दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटि सदस्यद्धय बैजनाथ चौधरी, तिलक महत, एमाले नवलपुरका संगठन अध्यक्ष रोशन गाहा मगर, एमाले चितवनका अध्यक्ष एवंम साँसद कृष्णभक्त पोखरेल, एमालेका नेता देवी ज्ञवाली, गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच सोही अवसरमा गैंडाकोटका विभिन्न क्षेत्रका युवाहरु एमालेमा प्रवेश गरेका छन् । माओवादी (केन्द्र)लगायतका स्थानीय नेता र युवाहरुलाई अध्यक्ष ओलीले टिका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा