• होमपेज
  • समाचार
  • ८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

  • बुधबार, अशोज ४, २०७४
८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं,असोज ४ –

प्रहरीले ८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। गत भदौ १९ मा राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरिएको घटनामा छानबिनका लागि प्रहरीले थप पाँच जनालाई नियन्त्रणमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले रहेका छन्। पक्राउ पर्ने सबै सुन व्यवसायी हुन्।

Facebook Comments

सम्बन्धित समाचार