• होमपेज
  • समाचार
  • अटो रिक्सामा लागाइएको जोर विजोर प्रणालि लागु भएरै छाड्छः मेयर रेणु

अटो रिक्सामा लागाइएको जोर विजोर प्रणालि लागु भएरै छाड्छः मेयर रेणु

  • बुधबार, अशोज ४, २०७४
अटो रिक्सामा लागाइएको जोर विजोर प्रणालि लागु भएरै छाड्छः मेयर रेणु

चितवन,असोज ४-

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पार्किङ व्यवस्थापनामा महानगरले लिएको निर्णयवाट पछि नहट्ने वताएकी छन् । उनले कसैको दवाव र आन्दोलनका आधारमा व्यवस्थीत सहर निर्माण गर्ने अभियान नरोकिने वताइन् ।

आज (वुधवार) सप्तगण्डकी बहुमुखी क्याम्पस ,नारायणी नमुना मावि र नारायणी पोलिटेक्निक इन्स्टिच्यूटले भरतपुरमा आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमलार्इ सम्बोधन उनले राम्रो काममा साथ दिन सवैलाई आग्रह गरिन् । अटो रिक्सामा लगाइएको जोर विजोर प्रणालिले सवैको हित हुने दाहालले वताइन् ।

अर्को प्रशंगमा दाहालले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकतामा राख्ने वताएकी छन् ।  शिक्षा क्षेत्रको बिकास विना मानब सभ्यताको बिकास र संवृद्धिको कल्पना गर्न नसकिने भन्दै जिवन उपयोगी प्राबिधिक शिक्षा आजको आवस्यकता रहेको दाहालले बताइन् । चितवनलार्इ शैक्षिक केन्द्रको रूपमा बिकास गर्न प्रशस्त संभावनाहरू भएकाले महानगरको ध्यानपनि यतै केन्द्रीत भएको उनको भनाई छ ।

सो कार्यक्रममा बोल्दै महानगरकी उपमेयर पार्बती शाहले सबैको सहयोगले नै हराभरा र सुन्दर महानगर बन्ने भन्दै सवैको सकारात्मक सोच र रचनात्मक सहयोग आवस्यक रहेको बताइन् ।

यस्तै वडा न १० का वडा अध्यक्ष अरूण पिडित भन्डारीले आफूले सबैको साझा जनप्रतिनिधीको रूपमा काम गर्ने बताए । सप्तगण्डकी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सप्तगण्डकी क्याम्पसको तर्फवाट शिक्षाविद रमाकान्त सापकोटाले क्याम्पसका समस्या तथा प्रगतिका वारेमा जानकारी गराएका थिए ।

यस्तै नारायणी नमुना माबिका प्राचार्य पुर्ण प्रसाद दवाडीले नारायणी नमुना माबि तथा नारायणी पोलिटेक्नीकका बारेमा जानकारी गराउनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार