• होमपेज
  • समाचार
  • मतगणना सुस्त भएपछि १३५ गणक टोलीबाट बढाएर ३ सय पुर्‍याइयो

मतगणना सुस्त भएपछि १३५ गणक टोलीबाट बढाएर ३ सय पुर्‍याइयो

  • बुधबार, अशोज ४, २०७४
मतगणना सुस्त भएपछि १३५ गणक टोलीबाट बढाएर ३ सय  पुर्‍याइयो

काठमाडौं, असोज ४ –

मतगणना सुस्त भएको गुनासो बढेपछि निर्वाचन आयोगले गणना गर्ने टोली बढाएको छ । न्यूनतम १३५ गणक टोलीबाट बढाएर ३ सय भन्दा बढी पुर्‍याएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार गणनालाई छिटो छरितो गर्न मत गणना गर्ने टोली अझै बढाउने काम भइरहेको छ । आयोगले चुनाव भएको ५ दिन भित्र अन्तिम परिणाम सार्वजनिक गर्ने गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो । तर धेरैजसो स्थानीय तहमा राजनीतिक दलको सहयोग नमिल्दा सोचे अनुसारको गणना हुन सकेको छैन ।

मतगणना स्थलमा दुई तीन समूह गणना गर्न मिल्ने भए पनि राजनीतिक दलले प्रतिनिधी नपठाउँदा समस्या भएको छ । राजनीतिक दलले सहयोग गरे तोकिएको दिनभित्र सबै ठाउँको मतगणना सक्ने उहाँको दाबी छ । यस्तै सप्तरीको राजविराजबाहेक १३५ स्थानीय तहमा अहिले शान्तिपूर्ण तरिकाले मतगणना भइरहेको आयोगले जनाएको छ । गएको २ गते चुनाव रोकिएको राजविराजको वडा नम्बर १५ मा बिहीबार चुनाव हुँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार