• होमपेज
  • समाचार
  • दशैं योजना तथा नाडा अटो शोका विजेतालाई अग्नि ग्रुपको बधाई ज्ञापन

दशैं योजना तथा नाडा अटो शोका विजेतालाई अग्नि ग्रुपको बधाई ज्ञापन

  • बुधबार, अशोज ४, २०७४
दशैं योजना तथा नाडा अटो शोका विजेतालाई अग्नि ग्रुपको बधाई ज्ञापन

काठमाडौं, असोज ३ –

अग्नि ग्रुपले चाडपर्व तथा नाडा अटो शोको अवसरमा सर्वजनिक गरेको विषेश योजनाका भाग्याशाली ग्राहकहरुलाई पुरस्कृत गरेको छ । गु्रपले आफ्ना भगिनी संस्थाहरु अग्नि मोटो इन्कको तथा अग्नि इन्कर्पोरेटेडको लागि क्रमशःसुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा”तथा महिन्द्रा विग, विग्गर विग्गेष्ट अफर” दुई वटा योजना प्रस्तुत गरेको थियो ।

सो अफरको पहिलो १५ दिनमा रानीहार प्राप्त गर्ने पहिलो विजेतामा भैसेँपाटीका बीरवहादुर तामाङ्ग (कुपन नं. २२२) भएका थिए भने माहिन्द्रा मोजो बाइकको लागि पथरी मोरङ्गका बुद्धिबल राई (कुपन नं. एस सि ०११६) ले जितेका थिए ।

त्यसै नाडा अटो शोमा “ भद्दय इलेक्ट्रिक कार भित्र भएको सहि रकम उल्लेख गरी १२५ सिसिको महिन्द्रा गोस्टो जितौ” भन्ने विशेष कार्यक्रम अन्तर्गत ४ हजार सहभागीमध्ये ४ जनाले सही रकम उल्लेख गरेका थिए । ति मध्येबाट भाग्यशाली विजेता भएकी भगवती काफ्ले १ सय २५ सिसिको गोस्टो बाइल जित्नुभएको छ ।

लक्की ड्रको आयोजना नक्सालस्थित आफ्नै शो रुममा गरिएको थियो । अग्निमोटो इन्क अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्राप्त गर्न सकिन्छ । उक्त योजनाहरुमा सहभागी भएका व्यक्तिहरु तथा विजेताहरुलाई अग्नि ग्रुपले कृतज्ञता एवम् हार्दिक बधाई ज्ञापन समेत गरेको छ ।

सन् १९९१ मा नेपालमा स्थापनाभएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार