बारा,असोज ३-
माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गापाको मतगणना दुई घण्टादेखि रोकिएको छ । अहिले त्यहाँ तनावको स्थिति छ ।
अन्य दलका प्रतिनिधिले मतगणना पुनःसुरु गर्नका लागि प्रयास गरिरहेका छन् । माओवादी केन्द्रका प्रतिनिधि बाहिर निस्किएको बेला मतपेटिकाबाट मतपत्र झरेको भनी उनीहरुले विवाद झिकेका हुन् ।