• होमपेज
  • समाचार
  • चितवनमा मनाईयो दोस्रो संबिधान दिवस

चितवनमा मनाईयो दोस्रो संबिधान दिवस

  • मङ्लबार, अशोज ३, २०७४
चितवनमा मनाईयो दोस्रो संबिधान दिवस

चितवन, असोज ३–

आज दोस्रो संविधान दिवस, चितवनमा विविध कार्यक्रम गरि मनाईएको छ । संबिधान दिवसको अवसरमा आज (मंगलबार) भरतपुरमा संविधान दिवस जिल्ला समारोह समिति चितवनद्धारा विशेष समारोह आयोजना गरिएको छ ।

कार्यक्रममा बोल्दै बन तथा भू–संरक्ष्ण मन्त्री बिक्रम पाण्डेले संविधा बमोजिम हक अधिकार र कर्तव्य अक्षरस पालना गर्नुपर्ने बताउनुभएको छ । आफू संबिधान लागु गर्ने सिपाही रहेको र भाषण, आन्दोलन छाडी संबिधान बमोजिम जनताका हक अधिकार र कर्तव्य कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । संबिधानलाई कार्यान्वयन गर्न सकेमात्र संबिधान दिवस मनाउँदाको सान्दर्भिकता रहने मन्त्री पाण्डेको भनाई थियो ।

कार्यक्रममा बोल्दै व्यवस्थापिका सांसद कृष्णभक्त पोखरेलले वर्ग क्षेत्र सबैको सहभागितामा निर्माण भएको नेपालको संबिधान बिश्वकै उत्कृष्ट संबिधान भएको भन्दै संबिधानले ब्यवस्था गरेका प्रावधानहरूलाई कार्यान्वयनमा ल्याएर परिवर्तनको प्रत्याभुती गरिनुपर्नेमा जोड दिनुभयो । संबिधान कार्यान्वयनको चरणमा रहेकोले केही प्राबधान समाबेश हुन बाँकी भएको र संसोधनका माध्यमबाट ब्यवस्था गर्दै न्यायपूर्ण कानुनहरू निर्माण गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल वर्तमान संविधान भएको भन्दै कार्यान्वयनको दिशामा लैजानु सबैको दायित्व भएको बताउनुभयो । “स्थानीय निकायको निर्वाचन भर्खरै पूर्ण रुपमा सम्पन्न भएको छ । छिट्टै नै प्रदेश सभा र केन्द्रको निर्वाचनको हुँदैछ, यो पनि संविधान कार्यन्वयनको एउटा महत्वपूर्ण पाटो हो ।”–मेयर दाहालले भन्नुभयो ।

सो कार्यक्रममा नेपाली काँग्रेसका सचिब उत्तम जोशी, नेकपा एमाले चितवनका देबी ज्ञवाली, माओबादी (केन्द्र)की संगीता भट्टराइ, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष गोपीलाल देवकोटालगायतले नेपालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संबिधान दिवस मूल समारोह समितिका संयोजक एवंम स्थानीय विकास अधिकारी कृष्ण सुबेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । औपचारिक समारोह अघि भरतपुरको चौबिसकोठीबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा जनप्रतिनिधिहरु र राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षा निकाय, नागरिक समाजका साथै सर्वसाधरणको सहभागिता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार