• होमपेज
  • समाचार
  • करेलाको जुसः क्यान्सर रोगमा उपयोगी

करेलाको जुसः क्यान्सर रोगमा उपयोगी

  • मङ्लबार, अशोज ३, २०७४
करेलाको जुसः क्यान्सर रोगमा उपयोगी

चितवन-

तिते करेलाको अनेक फाइदा छन भन्ने तपाईँ हामी सबैलाई थाहा छ ।

तर, केरेलाको जुस सेवनबाट मधुमेह, क्यान्सर जस्ता रोग जटिल रोगलाई पनि फाइदा गर्न भन्ने कमैलाई थाहा होला । करेला एक आयुर्वेदिक गुणले भरिएको तरकारी हो । यसमा आइरन, म्याग्नेशियम, भिटामिन सी र पोटासियम जस्ता तत्व पर्याप्त मात्रामा पाइन्छ । करेलाको तितोपनका कारणले जुस पिउन गाह्रो भए यसमा मह वा गुड मिसाएर पनि पिउन सकिन्छ । करेलाको जुसले हाम्रो शरीरमा पुर्याउने फाइदाबारे विभिन्न चिकित्सकहरूले यस्तो सुझाब दिएका छन् ।

भोक बढाउनमा सहयोगी

तपाईँलाई भोक लाग्दैन वा भोक कम लाग्छ भने करेलाको जुस सेवन गरे त्यो समस्याबाट मुक्ति पाउन सकिन्छ । करेलाको जुस नियमित पिउनाले पाचन पक्रिया पनि बलियो बन्छ ।

सुगर कन्ट्रोल

करेलाको जुसमा पाइने मोमर्सिडीन र च्याराटिन जस्ता ऐन्टी–हाइपर ग्लेसेमिक तत्वका कारण ब्लडको सुगर लेभललाई मांसपेशीमा राम्रोसँग सञ्चालित गर्न मद्दत गर्छ ।

क्यान्सर

नियमित एक गिलास करेलाको जुस पिउनाले प्याङक्रियाजमा हुने क्यान्सरको कोषलाई नष्ट गर्छ । करेलामा पाइने ऐन्टी–क्यान्सर कम्पोनेन्ट्सले क्यान्सर उत्पन्न गराउने कोष रोक्ने काम गर्छ, जसले उक्त कोषिकाको शक्ति नष्ट भएर जान्छ र क्यान्सरको सम्भावना पनि हुँदैन ।

आँखाको लागि फाइदाजनक

करेलामा बिटा–क्यारोटीन र भिटामिन ए पर्याप्त मात्रामा हुन्छ । जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ । यतिमात्र नभई करेलाको जुस नियमित सेवन गर्नाले तौल कम गर्न सकिन्छ । शरीरमा भएको विषाक्त कोलेस्ट्रोल नियन्त्रण, छाला र कपालका लागि पनि करेलको जुस फाइदाजनक हुन्छ ।

(भारतीय राष्ट्रिय पोषण काउन्सिलको सहयोगमा)

Facebook Comments

सम्बन्धित समाचार