• होमपेज
  • समाचार
  • पर्साको ठोरी गाउँपालिका १ को अध्यक्षमा माओवादीका कुवँर विजयी

पर्साको ठोरी गाउँपालिका १ को अध्यक्षमा माओवादीका कुवँर विजयी

  • मङ्लबार, अशोज ३, २०७४
पर्साको ठोरी गाउँपालिका १ को अध्यक्षमा माओवादीका कुवँर विजयी

हेम चापागाई,

पर्सा (बिजयबस्ती), असोज ३–

पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओबादी (केन्द्र) विजयी भएको छ । नेकपा माओबादी (केन्द्र)का रामप्रकाश कुँवर ६०८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका मीनबहादुर गुरुङले ४४१ मत प्राप्त गरेका छन् ।

गाउँपालिकामा पनि माओवादी केन्द्रको अग्रता

ठोरी गाउँपालिकाको प्रमुखमा नेकपा माओबादी (केन्द्र)का पी.एल श्रेष्ठ ५०१ मतका साथ अगाडि रहेको छ भने नेकपा एमालेका लालबहादुर श्रेष्ठ ४४७ मतका साथ दोश्रो स्थानमा रहेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका जरी लामा ११४ मत सहित तेश्रो स्थानमा रहेका छन् । उप–प्रमुखमा भने एमालेकी गोकुली रेग्मी ४५३ मतका साथ अग्रस्थानमा छिन् भने माओबादी (केन्द्र)की शान्ति थिङ ४४१ मतका साथ दोश्रोमा र काँग्रेसकी गीता बिष्ट १६८ मतका साथ तेश्रो स्थानमा रहेकी छिन् । अब केही क्षण पछि वडा नम्बर २ को मतगणना गर्ने तयारी भईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार