• होमपेज
  • समाचार
  • नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम, पार्किङकै समस्या

नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम, पार्किङकै समस्या

  • मङ्लबार, अशोज ३, २०७४
नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम, पार्किङकै समस्या

बाँके, असोज ३ –

नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो ।

हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ । उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको छ ।

कर्णालीमा उडान भर्ने जहाजभन्दा नेपालगञ्ज–काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ । नेपालगञ्ज विमानस्थल हुँदै काठमाडौंबम लागि बुद्ध एयरका तीन, यतिका तीन, सौर्य र श्री एयरका दुई÷दुई उडान दैनिक हुने गरेका छन् ।

कर्णालीका लागि तारा, सीता, यति, सिम्रिक, काष्ठमण्डपका सात जहाजले दैनिक उडान भर्दै आएका छन् । मानसरोवर यात्रीका कारण पनि हुम्लाको सिमीकोटका लागि उडान बढेका छन् । ठूला दुई जहाज अटाउने क्षमताको विमानस्थलको पार्किङस्थल छ ।

एकैपटक दैनिक उडान भर्ने वुद्ध, यति, सौर्य र श्रीएयर होल्डमा भएर पार्किङसमेत समस्या उत्पन्न भएको विमानस्थल कार्यालय प्रमुख प्रतापबाबु तिवारीले बताए । साना ट्वीन अटर सातवटासम्म जहाजको क्षमता विमानस्थलमा रहेको छ ।

एयर ट्राफिक जाम हुन नदिन विमानस्थलले काठमाडौँबाट उडान तालिका आधा घण्टाको फरकमा राखेको छ, तर मौसम प्रतिकूल र होल्ड हुनुपर्ने अवस्थामा समस्या हुने गरेको छ । पछिल्लो समयमा नयाँ जहाज थपिएको र पर्यटक बढेपछि उडानको संख्यामा वृद्धि भएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार