• होमपेज
  • समाचार
  • पर्सामा एमालेले खाता खोल्यो, सुगौली गाउँपालिका–१ मा प्यानलसहित विजयी

पर्सामा एमालेले खाता खोल्यो, सुगौली गाउँपालिका–१ मा प्यानलसहित विजयी

  • मङ्लबार, अशोज ३, २०७४
पर्सामा एमालेले खाता खोल्यो, सुगौली गाउँपालिका–१ मा  प्यानलसहित विजयी

पर्सा,असोज ३ –

पर्सामा एमालेले खाता खोलेको छ । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह विजयी भएको छ ।
अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी हुनुभएको छ ।

अन्सारीले आप्mना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिनुभयो ।

अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गर्नुभएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार