• होमपेज
  • समाचार
  • पर्साको बिन्दवासिनीमा एमालेको प्यानल नै विजयी

पर्साको बिन्दवासिनीमा एमालेको प्यानल नै विजयी

  • मङ्लबार, अशोज ३, २०७४
पर्साको बिन्दवासिनीमा एमालेको प्यानल नै विजयी

पर्सा,असोज  ३ –

पर्साको बिन्दवासिनी गाउँपालिकाको १ नम्बर वडाको अध्यक्षसहित सदस्यमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

बिन्दवासिनी १ को वडाध्यक्षमा सगिर मियाँ विजयी भएका हुन् । सो वडाको सदस्यमा एमालेकै तेरस मुखिया, सुगान्धी देवी, प्रजापति महतो र फूलमति देवी विजयी भएका हुन् ।

यस्तै गाउँपालिकाको अध्यक्षमा पनि एमालेका उम्मेदवारकै अग्रता छ । पछिल्लो मतपरिणामअनुसार बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा एमालेका गौरीशंकर साह ३६६ मतसहित अगाडि छन् भने कांग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसिया १७७ मतसहित उनलाई पछ्याइरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार